प्रदूषण रोक्न अदालतमा रिट

वीरेन्द्रनगर उपत्यकामा बढ्दै गएको प्रदूषण रोक्न अदालतमा रिट परेको छ । उपत्यकामा निर्माण भइरहेको सडकको धुलो र धुवाँले वातावरण प्रदूषण भइ जनस्वास्थ्यमा असर परेको भन्दै अधिवक्ता शेरबहादुर खत्रीले मंगलवार उच्च अदालत सुर्खेतमा रिट दर्ता गराएका हुन् ।

अहिले वीरेन्द्रनगरमा दर्जनौँ सडक निर्माणका क्रममा छन् । सडक निर्माण गर्दा धुलो अत्यधिक बढेको छ । यसले नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले त्यसलाई नियन्त्रण गर्न रिट दर्ता गरेको खत्रीले बताए । ठेकेदार कम्पनीले पानी हालेर काम गर्नुपर्ने भए पनि त्यसो नगरिएकोले धुलो नियन्त्रण गरेर काम गर्नुपर्ने उनको माग छ ।

रिटमा कर्णाली प्रदेश सरकारलाई समेत विपक्षी बनाएको छ । उनले भने, ‘काम गर्दा पनि दिनको तीन पटक पानी हाल्नुपर्ने रहेछ । सरकारी निकायले पनि अनुगमन, नियमन नगरेको पाइयो । त्यहाँबाट उड्ने धुलो धुवाँले जनस्वास्थ्यमा असर गरेकोले पानी हालेर भए पनि धुुलोधुवाँ नियन्त्रण गरिपाउँ भनेर रिट हालेको हो ।’ उनका अनुसार रिट माथि आज (बुुधवार) सुनुवाइ हुुँदैछ ।

प्रकाशित मितिः   २५ चैत्र २०७७, बुधबार ०६:००