सहकारी सचेतना

वीरेन्द्रनगरमा रहेको वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाले ६४औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बिहीवार आफ्ना सदस्यहरूका लागि सहकारी सचेतना कार्यक्रमको आयोजना गरेको छ । सदस्यका लागि सहकारी शिक्षा तथा सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिएको हो । कोरोना भाइरस (कोभिड–१९) का कारण पछिल्लो समय यस्ता कार्यक्रम हुन नसकेकाले सहकारी दिवसको अवसर पारी सचेतना कार्यक्रमको गरिएको संस्थाका कार्यकारी प्रबन्धक सुरजप्रसाद आचार्यले बताए ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवम् भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार राजु बस्नेतले राज्यको तीनखम्बे अर्थ नीति मध्येको एक खम्बा सहकारी क्षेत्रलाई सफल पार्न संस्थाको महŒवपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे । उनले समय अनुसार सहकारी सम्बन्धी ऐन नियमहरू परिमार्जित हुँदै गइरहेको र सहकारी संस्थाहरू पनि मर्यादित हुनुपर्नेमा जोड दिए ।

त्यस्तै, संस्थाका संस्थापक सल्लाहकार कमलराज रेग्मीले सहकारी संस्थाहरूले आफ्नो क्षेत्रबाट राज्यलाई धेरै योगदान पु¥याए पनि राज्यले सहकारी क्षेत्रलाई केही गर्न नसकेको बताए । विपन्न वर्गबाट सञ्चालिन सहकारीहरूबाट राज्यले करको भार बढी पारेको भन्दै उनले गुनासो गरे । संस्था अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष कृष्णप्रसाद पौडेल, वातावरण सुधार समाजका अध्यक्ष नेत्रा रेग्मी लगायतका वक्ताहरूले आ–आफ्नो भनाइ राखेका थिए भने भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रार कार्यालयका खेमराज आचार्य, वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्थाका जगतकुमार केसी र देवेन्द्र सेजुवालले सहजीकरण गरेका थिए । कार्यक्रममा संस्थाका ३५ जना सदस्यहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   २० चैत्र २०७७, शुक्रबार ०६:००