प्रदेश निर्वाचन कार्यालय स्थापना

सुर्खेतको वीरेन्द्रनगरमा प्रदेश निर्वाचन कार्यालय स्थापना गरिएको छ । जिल्ला निर्वाचन कार्यालय खारेज गरी त्यसैलाई प्रदेश कार्यालय बनाइएको हो । बुधवार निर्वाचन आयोगले सातवटै प्रदेशमा प्रदेश निर्वाचन कार्यालयहरू स्थापना गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भर्चूअल माध्यमबाट कार्यालय उद्घाटन गरेका हुन् ।

आयोगले हाल प्रदेश राजधानी रहेका सुर्खेत, दाङ, मोरङ, धनुषा, मकवानपुर, कास्की र कैलाली जिल्लामा साविकका जिल्ला निर्वाचन कार्यालय खारेज गरी प्रदेश निर्वाचन कार्यालय स्थापना गरेको हो । प्रदेश निर्वाचन कार्यालयमा प्रशासन सेवाका उपसचिवको नेतृत्वमा नौ जना कर्मचारी रहनेछन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आयोगलाई संघीय ढाँचा अनुकूल तुल्याउन र आयोगका काम प्रभावकारी बनाउन प्रदेशस्तरमा कार्यालय स्थापना गरिएको जनाए ।

प्रकाशित मितिः   १९ चैत्र २०७७, बिहीबार ०६:००