एमाले प्रदेश कमिटी हेरफेर

सह–इञ्जार्ज शाह, अध्यक्ष बोगटी



नेपाल कम्युनिष्ट पार्टी (एमाले) कर्णाली प्रदेश कमिटी हेरफेर गरिएको छ । केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार प्रदेश कमिटीमा जिम्मेवारी हेरफेर गरिएको हो । यसअघि प्रदेश सह–इञ्चार्ज रहेका गोरख बोगटीलाई पार्टीको प्रदेश अध्यक्ष बनाइएको छ । अध्यक्ष रहेका गुलावजंग शाहलाई सह–इन्चार्जको जिम्मेवारी दिइएको छ । बोगटी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदा प्रदेश कमिटी अध्यक्ष थिए ।

बोगटीले सह–इन्चार्जको जिम्मेवारीमा असन्तुष्टि देखाएपछि जिम्मेवारी हेरफेर गरिएको एमाले स्रोतको भनाइ छ । नयाँ जिम्मेवारीअनुसार कर्णाली प्रदेश इन्चार्जमा यामलाल कँडेल, सह–इन्चार्जमा गुलावजंग शाह र लक्ष्मीप्रसाद पोखरेल, प्रदेश कमिटी अध्यक्षमा बोगटी र सचिवमा धर्मराज रेग्मी छन् ।

प्रकाशित मितिः   १८ चैत्र २०७७, बुधबार ०६:००