बेवारिसे शव फेला

वीरेन्द्रनगरमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन् । वीरेन्द्रनगर–६, स्थित यज्ञ पिसहोम बोर्डिङ्ग स्कुलनजिक मंगलवार बिहान उनी मृत भेटिएका हुन् । प्रहरीका अनुसार सिम्ता गाउँपालिका–९ का ३९ वर्षीय रामबहादुर रानाक्षेत्री मृत अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी रामप्रसाद घर्तीले मृतकको शरीरमा कुनै चोटपटक नदेखिएको र पोष्टमार्टम् रिपोर्टपछि मात्र वास्तविकता बाहिर आउने बताए । स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोस्टमार्टम्का लागि कर्णाली प्रदेश अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   १८ चैत्र २०७७, बुधबार ०६:००