जोखिमबीच निष्फिक्री होली

होली पर्व मनाउनेहरूले स्वास्थ्य सुरक्षामा हेलचक्य्राइँ गरेका छन् । होली पर्वमा भौतिक दूरी र मास्क प्रयोग नगरेको पाइएको छ । सरकारले भिडभाड नगर्न आग्रह गरेपनि जोखिमको बेवास्ता गरिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम अहिले पनि उच्च छ । संक्रमणको दोस्रो लहर आउन सक्ने भन्दै सरकारले भिडभाड हुने गतिविधिमा रोक लगाएको छ । तर पनि होली पर्व (फागु पूर्णिमा) मा भने ठूलो संख्यामा मानिसहरूको भिडभाड देखिएको छ । जोखिमको प्रवाह नै नगरी होलीमा भिडभाड गरिएको हो ।

होली खेल्दा हुने आपराधिक घटना तथा दुर्घटना रोक्न प्रहरीले विशेष सुरक्षा योजना चलाउने गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जिल्लामा आइतवारको होलीमा कुनै अप्रिय तथा उच्छृंखल घटना भएका छैनन् ।

पहाडीमा अघिल्लो दिन र तराईमा भोलिपल्ट गरी नेपालमा दुई दिन होली मनाउने गरिन्छ । कोरोना त्रासका कारण गत वर्षदेखि होली भने अघिल्ला वर्षहरूको तुलनामा केही फिक्का देखिएको छ । आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृतिक र सामाजिक महŒव छ । रङहरूको पर्व होली हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।

प्रकाशित मितिः   १६ चैत्र २०७७, सोमबार ०६:००