आर्मीको विजयी सुुरूवात
प्रदेशस्तरीय भलिबल प्रतियोगितामा नेपाल आर्मीले विजयी सुरूवात गरेको छ । बुधवारदेखि सुर्खेतको वीरेन्द्रनगरमा सुरू भएको चुली कपको उद्घाटन खेलमा आर्मीले सल्यानको कुपिण्डे क्लबलाई ३–१ को सेटमा हराउँदै पहिलो जित हात पारेको हो ।
आर्मीले पहिलो सेटमा सल्यानलाई २५–२१ मा हराउँदा दोस्रो सेटमा भने सल्यानले आर्मीलाई २५–२२ को चुनौती दिएको थियो । आर्मीले पुनः सल्यानलाई तेस्रो र चौथो सेट २५–१९ र २५–२२ मा पाखा लगाउँदै दुई अङ्क जोड्न सफल भएको हो । नकआउट चरण अन्तर्गत खेलाइएको खेल वेस्ट अफ फाइवको फम्र्याटमा भएको थियो ।
प्रतियोगितामा कर्णालीसहित अन्य प्रदेशका गरी आठ टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा आज (बिहीवार) पाँच खेल हुने आयोजक चुली युवा क्लबले जनाएको छ । प्रतियोगिताका विजेताले दुई लाख र उप–विजेताले एक लाख ५० हजार रूपैयाँ पाउने छन् । जारी भलिबल प्रतियोगिता प्रदेशमै अहिलेसम्मको ठूलो पुरस्कार राशीको भएको आयोजको दाबी छ । प्रतियोगितामा तेस्रोले एक लाख र चौथो हुने टोलीले ५० हजार रूपैयाँ तथा उत्कृष्ट खेलाडीलाई पनि विधागत रूपमा पुरस्कृत गरिने बताइएको छ ।
प्रकाशित मितिः १२ चैत्र २०७७, बिहीबार ०६:००
साझा बिसौनी ।