गिरी पुरस्कृत, जोशीलाई सम्मान

उत्कृष्ट कृति पुरस्कार ‘मोहपथ’ लाई


कलाकार प्रेमदेव गिरी पुरस्कृत भएका छन् । कर्णाली साहित्य समाजले हरेक वर्ष प्रदान गर्ने ‘प्रतिभा पुरस्कार–२०७६’बाट गिरीलाई पुरस्कृत गरेको हो । नेपाली लोक साहित्य, लोकगीत र बाद्यवादनको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै उनलाई नगद २५ हजारसहितको कर्णाली साहित्य समाज प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।

यसैगरी सत्यमोहन जोशीलाई सम्मान अर्पण गरिएको छ । समाजले यस वर्षको साधना सम्मान अर्पण गरेको हो । नेपाली भाषा, साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै ताम्रपत्रसहित सम्मान गरिएको समाजले जनाएको छ । समाजले उत्कृष्ट कृति पुरस्कारबाट भने कथा संग्रह ‘मोहपथ’लाई पुरस्कृत गरेको छ । बुधवार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उक्त पुस्तकका लेखक ललित विष्टलाई नगद ५० हजारसहितको पुरस्कार हस्तान्तरण गरिएको हो ।

पुरस्कार तथा सम्मान अर्पण समारोहका प्रमुख अतिथि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको साहित्य, कला र संस्कृति संरक्षणका लागि सरकारी प्रतिष्ठान बनाएर अघि बढ्ने प्रतिवद्धता जनाए । ऐनमार्फत त्यो प्रतिष्ठान अगाडि बढाउने उनले बताए । ‘साहित्य, कला, संस्कृति र भाषाले सम्पन्न प्रदेश हो कर्णाली । यसको उत्थानका लागि नागरिक तहबाट समाजले गरेको कार्य सह्रानीय छ’ उनले भने । यद्यपि भाषा, साहित्य र कलामा पहिचानका निम्ति गहिरिएर लाग्न मुख्यमन्त्री शाहीले सुझाव दिए ।

समाजका संस्थापक संरक्षक महेशविक्रम शाहले कर्णालीकै ठूलो र पहिलो पुरस्कारको रूपमा कर्णाली साहित्य समाजले सुरुवात गरेको कार्यले नेपालमा कर्णालीलाई चिनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । सबै कुरामा सरकारको मुख ताक्नु भन्दा पनि सबैले आ–आफ्नो क्षेत्रबाट गर्न सकिने कामलाई गर्दै अगाडि बढेमा मात्र समृद्धिमा पुग्न सकिने उनको भनाई थियो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा.डा. नन्दबहादुर सिंहले विश्वविद्यालयले भाषा साहित्यका क्षेत्रमा अध्ययन, खोज र अनुसन्धानका लागि गर्नुपर्ने काम गर्ने बताउँदै सभ्यताको विकास गर्नका लागि भाषा र साहित्यको विकास महŒवपूर्ण रहेको बताए ।

प्रकाशित मितिः   १२ चैत्र २०७७, बिहीबार ०६:००