सेडाका विद्यार्थी आन्दोलित
वीरेन्द्रनगरस्थित सुर्खेत एजुकेशन डेभलपमेन्ट एकेडेमी (सेडा) का विद्यार्थी आन्दोलित भएका छन् । कलेजले मनोमानी शुल्क असुलेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका हुन् । कलेज प्रशासनले विभिन्न बहानामा चर्को शुल्क असुलेको विद्यार्थीको आरोप छ ।
आन्दोलित विद्यार्थीले सोमवार दिउँसो कलेज परिसरमा टाएर बालेर प्रर्दशन गरेका थिए । विद्यार्थीबाट अतिरिक्त क्रियाकलाप र कोरोनाको नाममा चर्को शुल्क उठाएको उनीहरूको आरोप छ । अतिरिक्त क्रियाकलापको नाममा कलेजले वार्षिक एक जना विद्यार्थीबाट शुल्कबाहेकको २२ हजार रूपैयाँ उठाउँदै आएको आन्दोलनरत विद्यार्थीहरू बताउँछन् । कलेजले कारोना शुल्कका नाममा एक जना विद्यार्थीबाट १५ हजार रूपैयाँ उठाएको उनीहरूले बताएका छन् । ‘म्याद सकिएको सेनीटाइजर कक्षा कोठामा राखिएको एचए पहिलो वर्षमा अध्ययनरत एक जना विद्यार्थीको भनाइ छ ।
कलेज प्रशासनलाई विद्यार्थी र अभिभावकहरूले तोकिएभन्दा बढी शुल्क नलिन बारम्बार आग्रह गर्दा समेत बेवास्ता गरेपछि आन्दोलित हुन बाध्य भएको विद्यार्थीहरू बताउँछन् । उनीहरूले अतिरिक्त शुल्क तुरुन्त फिर्ता गर्न समेत माग गरेका छन् ।
प्रकाशित मितिः १० चैत्र २०७७, मंगलवार ०८:४७
साझा बिसौनी ।