फेरि कोरोना त्रास

सभा, जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध

सभा, जुलुस र गोष्ठी नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध


छिमेकी मुलुक भारतमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेको छ । भारतमा संक्रमण बढेपछि नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।

आइतवार एक विज्ञप्ती सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गरेका हुन् । मन्त्रालयले सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न भनेको छ । सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रूपमा मास्कको प्रयोग गर्न मन्त्रालय अनुरोध गरेको छ । कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गर्न भनिएको हो ।

विगत केही हप्तादेखि विश्वभरी खासगरी छिमेकी देशहरूमा कोभिड–१९ को संक्रमण बढ्दो क्रममा देखिएको छ’, प्रवक्ता प्राडा जागेश्वर गौतमद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘नेपालमा समेत संक्रमण बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै देशभर सभा, जुलुस, ¥याली, भेला, जमघट, गोष्टि, सेमिनार, बैठक, भीडभाड हुने व्यावसायिक कार्य नगर्नु हुन र सामाजिक÷भौतिक दूरी, मास्को अनिवार्य र उचित प्रयोग, तथा सावुन पानीले राम्रोसँग हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने गरौं ।’

यस्तै, जारी विज्ञप्तीमा जनस्वास्थ्यका सबै मापदण्डहरू पालना गरी कोभिड–१९ को संक्रमण रोकथाममा सहयोग गर्न सबै लाई आग्रह गरिएको छ । पछिल्लो समय भारतका उत्तरप्रदेश, दिल्ली, महाराष्ट्र लगायतका प्रान्तमा कोरोना संक्रमण बढिरहेको छ । नेपालमा पनि पछिल्लो समय कोरोना संक्रमण बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः   ९ चैत्र २०७७, सोमबार ०९:२२