खड्का समाजमा नयाँ नेतृत्व
कौशिक गोत्र खप्तडी खड्का एकता समाज सुर्खेतको अध्यक्षमा डिलबहादुर खड्का चयन भएका छन् । समाजको शनिवार सम्पन्न तेस्रो वार्षिक साधारणसभाले खड्काको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेका हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा दिपक खड्का, उपाध्यक्षमा सीताकुमारी खड्का, सचिवमा दिपबहादुर खड्का, सहसचिवमा भक्तबहादुर खड्का र कोषाध्यक्षमा दिपकबहादुर खड्का चयन भएका छन् । यस्तै सदस्यहरूमा खड्कबहादुर खड्का, गौरा खड्का, दिलमाया खड्का, दलबहादुर खड्का, विमला खड्का, थिरबहादुर खड्का रहेका छन् । एक जना सदस्य पछि मनोनित गरिने जनाइएको छ । साधारणसभा समाजका निवर्तमान सदस्य हर्कबहादुर खड्काको अध्यक्षता एवम् वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
प्रकाशित मितिः ८ चैत्र २०७७, आईतवार ०६:००
साझा बिसौनी ।