…अनि जीवनमा परिवर्तन आयो

कोरोना भाइरस (कोभिड–१९) महामारीले नेपाललाई समेत प्रभावित पारेसँगै यसबाट बच्नका लागि सरकारी तथा गैरसरकारी संघ–संस्थाले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरे । सरकारले कोभिड–१९ को महामारी नियन्त्रणका लागि गत वर्ष चैत्र ११ गतेबाट देशव्यापी रूपमा लकडाउन गरेको थियो ।

कोभिड–१९ ले आम नागरिकको दैनिकीमा ठूलै समस्या निम्त्याएको थियो । आम नागरिकको दैनिकीमा भोग्नु परेका समस्या समाधान एवम् कोभिड–१९ प्रतिकार्यका लागि सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका वडा नं. १, २, ३, ४, ६, ८, १० र १२ नम्बर वडाहरूमा अक्सफामको सहयोगमा वातावरण सुधार समाज सुर्खेतले स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना सञ्चालन गरेको थियो । यसै सन्दर्भमा परियोजना लागु क्षेत्रका स्थानीयले कोभिड–१९ बाट बच्नका लागि गरेको अभ्यास र परिवर्तनबारेको धारणा हामीसँग यसरी प्रस्तुत गरेका छन्:


तुल्सी आचार्य
वीरेन्द्रनगर–३, पतेनीटोल, सुर्खेत

कोभिडको बेलामा खान–लाउन नै समस्या परेको थियो । आर्थिक अवस्था नै कमजोर थियो । वातावरण सुधार समाजले यस कार्यक्रम ल्याएपछि बाल्टिन, साबुन, सेनिटाइजर एवम् ‘आमाका जादुमय हातहरू’को कक्षा सञ्चालनले हामीलाई सरसफाइमा विशेष ध्यान दिने र विशेष गरी चार अवस्थामा हात धुनु पर्छ भन्ने कुरा राम्ररी सिकायो । यसले गर्दा पहिले भन्दा अहिले सरुवा रोगहरूको समस्या कम भोग्नु परेको छ ।


विना चौधरी
वीरेन्द्रनगर–३, पतेनीटोल सुर्खेत

मेरो श्रीमान्को पेसा ड्राइभर हो । उहाँ कामबाट आउँदा पहिला साबुन पानीले हात नधोई भित्र प्रवेश गर्नु हुन्थ्यो । हामी पनि हात खुट्टा धुनु प¥यो भने सिधैभित्र गएर पानीमा लोटा डुबाएर हात–खुट्टा धुने गथ्र्यौं । अहिले वातावरण सुधार समाजले टुटी भएको बाल्टिन दिएपछि र आमाका जादुमयी हात कक्षा सञ्चालन पछि म र मेरो परिवार सबैले बाहिर नै राम्ररी साबुन पानीले मिची–मिची हात धोएर मात्र घर भित्र प्रवेश गर्छौं । यसले गर्दा घर वरिपरिको वातावरण सफा र एउटा व्यक्तिको स्वच्छ बानी व्यवहारमा पनि परिवर्तन भएको छ । अहिले मेरो श्रीमान्ले बाहिर निस्किदा पनि सेनिटाइजर बोकेर हिँड्नु हुन्छ र घरभित्र प्रवेश गर्दा पनि राम्ररी साबुन पानीले हातखुट्टा धोएर मात्र भित्र प्रवेश गर्नु हुन्छ ।

 


मिना बोगटी
वीरेन्द्रनगर–३, पतेनीटोल, सुर्खेत

म एक गृहणी हुँ । बच्चाको रेखदेखदेखि सबै घरको कामकाज आफैँले गर्ने गर्छु । सरसफाइ, पालनपोषणदेखि खाना बनाउने, पानी भर्ने सबै कामहरू मैले नै गर्ने गर्थे । तर यस स्वच्छताका लागि व्यवहार परिवर्तन परियोजना र आमाका जादुमय हातहरू भन्ने कक्षा सञ्चालन पछि मेरो जीवनमा धेरै खालको परिवर्तन आयो । अहिले हामी घरको सबै सदस्य मिलेर काम गर्ने गछौँ । यसरी सबैले मिलेर काम गरेको देखेर मेरो परिवार लगायत मेरो नजिकैको छिमेकीले पनि आफ्नो व्यवहारमा परिवर्तन ल्याउनु भएको छ । घरेलु कामकाज बाँडेर गर्नुपर्छ भन्ने कुरा बुझाई दिनु भएकोमा संस्थालाई धेरै–धेरै धन्यावाद !

 


चन्द्रा श्रेष्ठ
वीरेन्द्रनगर–४, शितलटोल, सुर्खेत

हात जसोतसो त धोइन्थ्यो तर अहिलेको जस्तो सबै कुरा ख्याल हुँदैनथ्यो । चर्पी प्रयोग गरीसके पछि र खाना खाने बेला मात्र विशेष गरी हात धुन्थे । अहिले कार्यक्रमले हात धुने टुटी सहितको बाल्टिन दिएपछि हामीले हात धुन कति महŒवपूर्ण छ भन्ने कुरा बुझ्यौं । जादुमय आमाका हातहरू भन्ने सेसनमा बसिसकेपछि अझै हात किन र कुन–कुन अवस्थामा धुने र यो किन जरुरी छ भन्ने कुरा छर्लङ्ग बुझियो । यस्तो राम्रो ज्ञानको साथ–साथै हात धुनको लागि बाल्टिन, साबुन लगायतका सामग्री दिँदा उत्प्रेरित भएर कक्षामा सिकाइएका महŒवपूर्ण अवस्थाहरूमा नियमित हात धुन सरसफाइ रहने व्यवहारमा परिवर्तन आयो ।

 


सेतुराम सुनार
वीरेन्द्रनगर–४, सुर्खेत

पहिले हात धुनको लागि त्यस्तो केही व्यवस्थित भाँडो अनि साबुनहरू नियमित रूपमा थिएन । साबुन सधंै हुन्थेन र पानीले मात्रै धुने कहिलेकाहीं खरानी प्रयोग गरेर धुने गथ्र्यौं । त्यति बेला स्वस्थ रहन के–के गर्नुपर्छ भन्ने त्यति ज्ञान थिएन । अहिले हात धुनका लागि सामग्रीहरू दिएपछि हरेक फोहोर भएको अवस्थामा हात धुन प्रेरित भएका छौं । २० रूपैयाँको साबुन किनेर हात धोएमा बिरामी पर्दा लाग्ने हजारौँ पैसा जोगिन सक्छ र स्वस्थ जीवनयापन गर्न सकिन्छ भन्ने कुरा सिक्यौं । खुशी भएर कक्षामा सिकाएको छ वटा स्टेप पूरा गरी हात धुने अवस्थामा नियमित हात धुने व्यवहार बनेको छ ।

 


रमा सुनार
वीरेन्द्रनगर–४, सुर्खेत

हात धुने नै भनेर छुट्टै हात धुनका लागि भाँडो छुट्याएर राखिएको नहुँदा, चर्पी गए पछाडि हात धुन कठिनाई हुन्थ्यो । कहिले भान्सा घरभित्रको भाँडा धुन राखिएको भाँडाबाट धुन्थ्येें भने अहिले हात नै धुनका लागि टुटीसहितको बाल्टिन पाउँदा धेरै सहज भएको छ ।

अहिले नियमित रूपमा हात धुने साबुन प्रयोग गरेर छोरा–छोरी खुसी भएर बाल्टिनबाट हात धुन्छन् । विशेष गरी बच्चाबच्चीलाई हात धुन सजिलो बनाएको छ । म आमा भएर मेरो बच्चालाई आफै नपडेको भएता पनि धेरै कुरा सिकाउन सफल भएको छु । यो सबै आमाका जादुमय हातहरूको कक्षाबाट परेको प्रभाव हो ।

 


महिसरा गुरूङ
वीरेन्द्रनगर–८, सुर्खेत

यस कार्यक्रममा बसेर कोरोना लाग्न– बाट बच्ने उपायहरू व्यवहारमा लागु गर्दा रोगहरू लाग्न पाएनन् । कोरोनासँगै अन्य सरुवा रोग र नसर्ने रोगबाट बच्यौं र बच्ने बानीको विकास ग¥यौँ । जीवन उपयोगी मीनाका कथा सुन्यौं ।

मीनाको कथाबाट बालबालिकालाई गर्ने व्यवहार उठाउने, सुताउने, खुवाउने, सरसफाइ गराउने, हात धुन सिकाउने, बिदाको समयमा अभिभावकले लेखाइ, पढाइमा सघाउने बानीको विकास भयो । पानी शुद्धीकरणको तरिकाहरू र घरेलु हिंसाका बारेमा पनि जान्न पायौं । वातावरण सुधार समाजले गरेको यस सेसन सञ्चालनले हामीलाई धेरै कुरा सिकायो । ज्येष्ठ नागरिकलाई प्रदान गरिएको सामानहरूले पनि हामी जस्तो नागरिकलाई धेरै मद्दत पुुग्यो ।

 

 


लालबहादुर सुत्पराई
वीरेन्द्रनगर–८, गौरीशंकर टोल, सुर्खेत

मीनाको कथाले हामीलाई धेरै नै प्रेरित गरेको छ । हामी सबैले आफ्नो हातमा कसरी जादु ल्याउन सक्छौँ र एउटा अभिभावकको जिम्मेवारी के हो भन्ने कुरा सिक्यौं । बच्चाहरूसँग नम्र र मिठो बोली बोल्ने र उनीहरूको व्यक्तिगत सरसफाइको बारेमा राम्ररी सिक्यौँ । हामीहरूले व्यक्तिगत बोल्ने बानीको विकास पनि भयो । पहिले हामी आफ्नो नाम भन्न पनि निर्धक्क रूपमा सक्थेनौं भने अहिले आफ्नो विचारहरू मजाले राख्न सक्ने भएका छौँ । खाली पानीले हात धुुँदा के फरक रहेछ भन्ने कलर पाउडर प्रयोग गर्दा थाहा भयो । घरेलु हिंसा भएमा हामी कहाँ जाने के गर्ने भन्ने नियम कानुन पनि बुुझ्यौँ ।

प्रकाशित मितिः   ७ चैत्र २०७७, शनिबार ०६:००