ज्येष्ठ नागरिकलाई सम्मान

वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था वीरेन्द्रनगरले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । संस्थाले आफ्नो १८औं स्थापना दिवसको अवसरमा संस्थाका ज्येष्ठ सदस्यहरूलाई सम्मान गरेको हो । संस्थाले ७० वर्षभन्दा माथिका ६५ जना ज्येष्ठ सदस्यलाई हर्लिक्स र छातासमेत वितरण गरेको छ ।

संस्थाबाट ऋण कारोबार गरी उद्यमशीलतामा सफल भएका उत्कृष्ट १२ जना उद्यमी सदस्यहरूलाई पनि नगदसहित पुरस्कृत गरेको संस्थाका कार्यकारी प्रबन्धक सुरजप्रसाद आचार्यले बताए । कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले वातावरणले समुदायस्तरमा सहकारी मात्र नभएर समग्र आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासको लागि महŒवपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले आगामी दिनमा अझ सदस्य तथा समुदायमुखी भएर आफ्ना सेवा तथा क्रियाकलापहरूलाई प्रभावकारी बनाउन सुझाए । संस्थाका उपाध्यक्ष दुर्गा गिरीको अध्यक्षतामा सम्पन्न भएको सम्मान कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष एवम् सल्लाहकार कृष्णप्रसाद पौडेल, सचिव राधाकुमारी ढकाल लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

प्रकाशित मितिः   ४ चैत्र २०७७, बुधबार ०६:००