मुद्रण उद्योग महासंघमा शर्मा

नेपाल मुद्रण उद्योग महासंघ कर्णाली प्रदेशको अध्यक्षमा पञ्चरत्न शर्मा सर्वसम्मत्ले चयन भएका छन् । शनिवार वीरेन्द्रनगरमा महासंघका केन्द्रीय उपाध्यक्ष हिमा कुमारी उपाध्यायको संयोजकत्वमा भएको भेलाले अधिकारीलाई अध्यक्षमा सर्वसम्मत् चयन गरेको हो । उनी वीरेन्द्रनगरस्थित नवदुर्गा छापाखानाका सञ्चालक हुन् ।

उपाध्यक्षमा कालीकोटका हिरामणि चौलागाई, सचिवमा सुर्खेतका सोम ढकाल, कोषाध्यक्षमा जाजरकोटका मोहन खड्का चयन भएका छन् । यस्तै भेलाले सदस्यमा मीना बुढा, विन्दु नेपाल, विन्द्रा गुरुङ, प्रशान्त कार्की, दिनेश खड्का मानबहादुर खड्का, नगेन्द्र उपाध्याय र सुुरेन्द्र रेग्मी चयन गरेको छ । प्रदेश कमिटी सञ्चालन गर्नका लागि अध्यक्ष शर्माको संयोजकत्वमा पाँच सदस्यीय सचिवालय समिति समेत गठन गरेको छ । सचिवालय सदस्यमा सोम ढकाल, श्रीधर पौडेल, विन्दुु नेपाल र मानबहादुर खड्का चयन भएका छन् ।

यस्तै शनिवार भएको सुुर्खेतका मुद्रण व्यवसायीको भेलाले सुुर्खेतको अध्यक्षमा हिमाल नेपाललाई चयन गरेको छ । उपाध्यक्षमा निमबहादुर बुढा, सचिवमा टेकबहादुर पहाडी, सहसचिवमा देवीदत्त पौडेल, कोषाध्यक्षमा सविन गौतम छन् । सदस्यहरूमा राजेश पुन, नवराज जैसी र राजु केसी चयन भएका छन् ।

प्रकाशित मितिः   १ चैत्र २०७७, आईतवार ११:२४