जाजरकोटमा देखियो बर्डफ्लु
जाजरकोटमा बर्डफ्लुको भाइरस देखिएको छ । भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्डफ्लुको संक्रमण देखिएको हो । कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पीसीआर परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले जानकारी दिए ।
भेरी नगरपालिकामा बर्डफ्लु देखिए भएपछि रोग अन्यत्र फैलिन नदिन संघ, प्रदेश र स्थानीय तहबाट पशु चिकित्सकसहितको जनशक्ति परिचालन गरिएको छ । रोग नियन्त्रण कार्यलाई सहजीकरण गर्न पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट पशु चिकित्सकको विज्ञ टोली जाजरकोट गएको हो । बर्डफ्लु देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य पक्षीजन्य वस्तुसमेत नष्ट गरिएको छ ।
बर्डफ्लु देखिएपछि त्यहाँ पालिएका बोइलर, लेयर्स र लोकल जातका गरी ६ सयभन्दा बढी कुुखुरा नष्ट गरिएको छ । केही दिन पहिले सुर्खेतको वीरेन्द्रनगरमा पनि स्थानीय किसानले पालेका कुखुरामा बर्डफ्लु देखिएको थियो । यहाँ हाल बर्डफ्लु नियन्त्रणमा आइसकेको छ ।
प्रकाशित मितिः २७ फाल्गुन २०७७, बिहीबार ०९:४०
साझा बिसौनी ।