विपद् व्यवस्थापन तालिम

विपद् व्यवस्थापनसम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ । युवाहरूका लागि युवा संस्था (आयोन)को आयोजनामा तालिम सम्पन्न भएको हो । युवा संस्थाहरूका सदस्यलाई जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, सामाजिक जवाफदेहिता र आन्तरिक सुशासन विषयमा तालिम दिइएको हो ।

विपद् व्यवस्थापन सम्बन्धी काम गर्ने पा“च वटा युवा संस्थाहरूका प्रतिनिधिको सहभागितामा तालिम भएको हो । भीएसओ नेपालको प्रयास परियोजना अन्तर्गत काम गरिरहेका वीरेन्द्रनगरका पा“च जना सहजकर्ताले तालिमको सहजीकरण गरेको आयोनका जिल्ला कार्यक्रम संयोजक रेखा वलीले जानकारी दिइन् । उनका अनुसार तालिममा २६ जना सहभागी थिए ।

प्रकाशित मितिः   २६ फाल्गुन २०७७, बुधबार ०८:३७