लाटीकोइलीमा ‘स्टोन काराभिङ्ग’ सञ्चालन
वीरेन्द्रनगर–९ लाटीकोइलीमा ढुङ्गाको मूर्ति बनाउन थालिएको छ । स्थानीय स्रोत साधनको प्रयोग गरेर ढुङ्गाको मूर्ति निर्माण गर्न थालिएको हो । स्थानीय कुष्णकुमार श्रेष्ठले ढुङ्गाको मूर्ति निर्माणका लागि एसके स्टोन काराभिङ्ग सञ्चालनमा ल्याएका हुुन् ।
सञ्चालक श्रेष्ठले स्थानीय ढुङ्गाबाट विभिन्न मूर्तिहरू गराउने बताए । ‘नेपालको विभिन्न क्षेत्रमा भ्रमण र अवलोकन गर्ने क्रममा ढुङ्गाबाट बनेका मूर्तिहरूले मेरो मन लोभ्यायो,’ उनले भने, ‘त्यसैले व्यवसायिक रूपमै मूर्ति निर्माणको काम थालेको हुँ ।’ बजारमा ढुङ्गाको मूर्तिको माग अत्यधिक रहेको पनि उनले बताए ।
आाफूले उत्पादन गरेका मूर्ति सस्तो मूल्यमा बिक्री गरिरहेको उनको दाबी छ । उनले सञ्चालन गरेको स्टोन काराभिङ्गमा पाँच हजारदेखि ९० हजारसम्म मूल्य पर्ने मूर्ति बिक्रीका लागि राखिएको छ । ढुङ्गाबाट बनेको मूर्ति जति पुरानो भयो त्यति महŒव हुने भएकाले यसको माग बढी भएको उनी बताउँछन् । उक्त स्टोन काराभिङ्गको शनिवारदेखि औपचारिक रूपमा उद्घाटन गरिएको हो ।
प्रकाशित मितिः १६ फाल्गुन २०७७, आईतवार ०८:३०
साझा बिसौनी ।