विद्यार्थीलाई शैक्षिक सामग्री

वीरेन्द्रनगर जुनियर जेसीजले विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेको छ । आइतवार परेको ‘भ्यालेन्टाइन डे’को अवसरमा जनसेवा माध्यमिक विद्यालय घुस्रामा अध्ययनरत १२ जना असहाय बालबालिकाहरूलाई उक्त सहयोग गरिएको हो ।

वीरेन्द्रनगर जुनियर जेसीजका अध्यक्ष जनक बुढाको अध्यक्षता तथा विद्यालयका सहायक प्रधानाध्यापक कृष्णबहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संयोजन जेसीजका कार्यकारी उपाध्यक्ष रविन सापकोटाले गरेका थिए ।

प्रकाशित मितिः   ३ फाल्गुन २०७७, सोमबार ०९:१७