कोरोना संक्रमितको मृत्यु
सुर्खेतमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–६, की ६१ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचाररत उनलाई स्वास्थ्यमा सुधार नआएपछि आइतवार बिहान उनको मृत्यु भएको जनाइएको छ । उच्च रक्तचाप, मधुमेह तथा मुटुसम्बन्धी रोगपीडित ती महिलामा १५ माघमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
१८ माघमा उनलाई कोरोना विशेष अस्पतालको आईसीयूमा राखेर उपचार गरिँदै आएको थियो । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ । सुर्खेतका १७, दैलेखका सात, सल्यान, रुकुम–पश्चिम, कालीकोट र डोल्पाका एक÷एक जना तथा अन्य प्रदेशका तीन जनाको कोरोनाका कारण ज्यान गएको हो ।
प्रकाशित मितिः २६ माघ २०७७, सोमबार ०८:२८
साझा बिसौनी ।