१८ संगठनद्वारा मौन जुलुस

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले शनिवार देशभर प्रदर्शन गरेका छन् । कांग्रेसले घोषणा गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत पार्टीका १८ शुभेच्छुक संस्थाले जिल्ला–जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरेका हुन् । कांग्रेसका शुभेच्छुक संस्थाद्वारा सुर्खेतमा पनि प्रदर्शन भएको छ । शुभेच्छुक संस्थाका नेता कार्यकर्ताले वीरेन्द्रनगरस्थित बजार परिक्रमा गर्दै कालो मास्क लगाएर प्ले कार्ड र ब्यानरसहित प्रदर्शन गरेका थिए । नेपाल ट्रेड युनियन कांग्रेसको नेतृत्वमा आयोजित शान्तिपूर्ण मौन जुलुसमा शुभेच्छुक संघ, संगठनका नेताहरूको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस विरोध प्रदर्शन गरिरहेको छ । कांग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदम भन्दै तेस्रो चरणको आन्दोलनमा छ ।

प्रकाशित मितिः   २५ माघ २०७७, आईतवार ०६:०२