विप्लव समूहका पाँच जना पक्राउ

नेत्रविक्रम चन्द (विप्लव) समूहका पाँचजना कार्यकर्ता रुकुमपश्चिमबाट पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१, रावलबाडामा संगठन विस्तार गरिरहेको विशेष सूचनाका आधारमा आइतवार दिउँसो उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा त्रिवेणी गाउँपालिका–२, बेतखोलाका २४ वर्षीय प्रेमबहादुर बोहरा (प्रशान्त), त्रिवेणी–९, प्युउगाका १६ वर्षीय नवीन वली, मुसिकोट नगरपालिका–१ का १९ वर्षीय सागर बुढा, सोही ठाउँका १७ वर्षीय अभिषेक बुढामगर र २७ वर्षीय किरण रसाइली छन् ।

पक्राउ परेका बोहरा विप्लव निकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष हुन् । उनीहरूलाई गत माघ १० गते त्रिवेणी गाउँपालिका–६, बिसौनीमा प्रेसर कुकर बम राखेको आरोपमा पक्राउ गरिएको डीएसपी श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मितिः   १९ माघ २०७७, सोमबार ११:११