फुटबल संघको भवन उद्घाटन

सुर्खेत जिल्ला फुटबल संघको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकालले शुक्रवार रिवन काटेर भवनको उद्घाटन गरेकी हुन् ।
कार्यक्रममा बोल्दै उपप्रमुख ढकालले खेल जगतको विकासका लागि आफूहरू सकारात्मक भएको बताइन् । आवश्यक संरचनाहरू निर्माणमा विशेष ध्यान दिइने उनको भनाइ थियो । सरकारले पूर्वाधार विकासमा ध्यान दिने भन्दै उनले आफ्नो खेलकौशल विकास गरेर कर्णालीलाई चिनाउन खेलाडीहरूसँग आग्रह गरिन् ।
सुर्खेत जिल्ला फुटबल संघका अध्यक्ष जनकबहादुर रावलले कर्णालीका सबै जिल्लामा खेलको वर्गीकरण गरेर खेलाडी छनोट गर्नुपर्ने बताएका छन् । यसैबीच आगामी फागुनमा मेयरकप र उपमेयर कप हुने अध्यक्ष रावलले जानकारी दिदैं वीरेन्द्रनगर नगरपालिकाका सम्पूर्ण वडाका खेलाडीहरूले भाग लिन पाउने उनले बताएका छन् । यस पछिका ठूला खेलहरू कर्णालीमै सञ्चालन गर्ने वातावरण सिर्जना गरेको उनको भनाइ छ ।
प्रकाशित मितिः १७ माघ २०७७, शनिबार ०९:०७
साझा बिसौनी ।