सुर्खेतको पुनर्संरचना प्रतिवेदन फिर्ता

सुर्खेत, ७ मंसिर । स्थानीय तह पुनर्संरचना आयोगले बिवाद रहेको भन्दै सुर्खेतसहित १९ जिल्लाका प्रतिवेदन जिल्ला प्राविधिक सहयोग समितिलाई फर्काइ दिएको छ । आयोगमा धेरै उजुरी परेको भन्दै प्रतिवेदन सो जिल्लामा नै फर्काइ दिएको जनाएको छ ।

यसरी प्रतिवेदन फिर्ता हुनेमा सुर्खेतसहित सिन्धुपाल्चोक, रामेछाप, अछाम, अर्घाखाँची, बैतडी, बझाङ, बाँके, दैलेख, दाङ, गुल्मी, हुम्ला, खोटाङ, पाँचथर, रसुवा, सुनसरी, ताप्लेजुङ, झापा र मोरङका प्रतिवेदन जिल्ला प्राविधिक सहयोग समितिलाई फिर्ता गरेको आयोगले बताएको छ । जनसंख्याको मापदण्ड नपु¥याएको, वडा र गाउँपालिका र नगरपालिकाको केन्द्र विवादित बनेको, राजनीतिक सहमति बिना नै आयोगलाई प्रतिवेदन दिएको भन्दै उजुरी परेकाले प्रतिवेदन जिल्लामा नै फर्काएको हो ।

जिल्लामा पठाइएको प्रतिवेदन विवादरहित बनाएर पुनः आयोगमा प्रतिवेदन पठाउनु पर्नेछ । आयोगका अध्यक्ष बालानद्य पौडेलका अनुसार अहिलेसम्म ६४ जिल्लाले प्रतिवेदन बुझाएका छन् । देशका विभिन्न जिल्लाहरुमा स्थानीय तहको पुनसंरचनामा विवाद भइरहेका छन् ।