एकै खेलमा १४ गोल, बन्यो ६ रेकर्ड
गोलको वर्षा भएको च्याम्पियन्स लिगको एउटा खेलमा बोरुसिया डर्टमुन्डले लेगिया वार्साले पराजित गरेको छ । मंगलबार राति जर्मनीमा डर्टमुन्ड र लेगिया वार्सा भिडेका थिए । जुन खेल घरेलु टोलीले ८–४ ले जितेको छ । यो च्याम्पियन्स लिगको कुनै एक खेलमा अहिलेसम्मकै सर्वाधिक गोल हो ।
यसअघि २००३ मा मोनाकोले डिपोर्टिभोलाई ८–३ ले हराएको थियो र कुल ११ गोल भएको थियो ।
डर्टमुन्डको घरेलु मैदानमा भएको खेलको पहिलो हाफको २२ मिनेटभित्र सात गोल भएको थियो । बोरुसिया डर्टमुन्डका मार्को रियुसले ह्याट्रिक पुरा गरे भने हारेर पनि लेगिया वार्साले भने चार गोल गर्यो ।
यो खेलका क्रममा थुप्रै रेकर्ड बन्यो ।
च्याम्पियन्स लिगको इतिहासमा यो नै पहिलो खेल हो, जहाँ ८ खेलाडीले गोल गरे ।
च्याम्पियन्स लिगको एकै खेलमा ८ गोल गर्ने बोरुसिया डर्टमुन्ड चौथो क्लब बन्यो । यसअघि लिभरपुल, मोनाको र रियल मड्रिडले पनि ८ गोल गरेका छन् ।
१९८४ अक्टोबर ३ मा यूईएफए कपमा अयाक्सले लग्जम्बर्गलाई १४–० ले हराएयता एकै खेलमा १२ गोल भएको यो पहिलो पटक हो ।
युरोपियन कप र च्याम्पियन्स लिगको इतिहासमा भने यस अघि एक खेलमा मात्र यो भन्दा बढी गोल भएको छ । १९६९ सेप्टेम्बरमा भएको उक्त खेलमा डच क्लब फाइनोडले केआर अफ आइसल्याण्डलाई १२–ले हराएको थियो ।
यो सिजन मात्र बोरुसिया डर्टमुन्डले लेगिया वार्सामाथि १४ गोल गरेको छ । यो च्याम्पियन्स लिगमा कुनै पनि क्लब एकै विपक्षी टिमविरुद्ध गरेको सर्वाधिक गोल हो ।
यो खेलका क्रममा डर्टमुन्डका कागावाले ७६ सेकेण्डभित्र दुई गोल गरे । या च्याम्पियन्स लिगको इतिहासमा कुनै पनि सर्वाधिक छिटो डबल हो ।
साझा बिसौनी ।