गाइज

विश्वविद्यालयको लाज

गाइज


महेश नेपाली

‘हेलो गाइज !’ मध्यपश्चिमाञ्चल विश्वविद्यालय परिसरको कुनामा बसेको महाशंकर बाँकी साथीहरूलाई आफू भएतिर आउन इसारा
गरिरहेको छ ।

आइते, रहिना र बक्राम महाशंकर भएतिर गए । झुमा आइपुगेकी छैन ।

‘आँखामा अहिलेसम्म पिरो छरेजस्तो भइरहेको छ । गोजीमा रुमालै हालिनछु । रुमाल भए भिजाएर आँखामा लगाउँदा उत्तिखेरै ठीक हुने रहेछ नी । कहिले आन्दोलनमा नगएको ज्यान, त्यसमाथि अश्रुग्यासको पिरोले हैरान बनायो’ रहिनाले आँखा मिच्दै भनि ।

‘तेरो त आँखा मात्र पिरो हो । मैले त बाँसको लाठी नै भेटे नी । बुटका छाप छन् तिग्रामा । मामाहरूलाई भाञ्जा–भाञ्जीको पापै लागोस् यार’ महाशंकरको पीडा पोखियो ।

‘हो बरै हो, पापै लाग्छ नी ती असतीहरूलाई । बिचरा बाहुनलाई नै लात हानेछन्’ रिहनाका हात पिरा आँखबाट हटे र ङिच्च हाँसी ।

‘के हुँदैछ, हाँसो त मज्जाको छ नि ?’ ढिलो पुगेकी झुमाले कुराको मेसो खोजी ।

‘के हुनु नि दिदी हाम्रो बाहुन कहिले मामाघर गएको थिएन । हिजो अचानक क्याम्पस गेट अगाडि मुलाकात भएछ । अनि मामाहरूको माया पोखिएछ । त्यही माया सम्हालीरहेछ अहिलेसम्म । दालमा घ्यू पोखिएजस्तो माया पाएपछि खुसीले बेलुन फुरेजस्तो फुरेको छ नी हे.हे.हे. ।’

रहिनाले महाशंकरलाई चंगा उडाएजस्तो गरि । झुमा हाँसी । महाशंकर केही बोलेन । बक्राम रिसायो । अलि अगाडिसम्मको मुर्ति केटोले चमत्कार ग¥यो । ‘चुप लाग छ्याउपुल्ली । यसलाई जहिल्यै यस्तै गर्छ । हिजो आन्दोलनमा पुलिसको कुटाइ खायो दिदी यसले । जीउमा अझै ढाम छन् ।’

आश्चर्य प्रकट गर्दै झुमाले भनि, ‘हो र ! मलाई किन भनेनौ त हिजै । अनि हस्पिटल जानु पर्दैन । यस्तो घाउले पछिसम्म पनि दुखाउँछ ।’

‘ह्या, के अस्पताल जानु यत्ति जाबो चोट लाग्दा नी । आफै ठीक भइहाल्छ । कुनैदिन मामाहरूलाई पनि दिनुपर्ला भेट्यो भने, उस्तै खालको’ महाशंकरले युवा जोस देखायो ।

‘त्यो त हो । चोट सामान्य नै हो भने फरक परेन तर गहिरो छ भने समस्या हुन्छ । तिम्रो जोस देख्दा माओत्सेतुङको भनाइ याद आयो । हुनत उनले आफ्ना कार्यकर्तालाई लक्षित गरी भनेका हुन तर हामी सबैमा यस्तो कुरा लागु हुनुपर्छ । उनका अनुसार हामीले हिमालको चिसो सिरेटो, पहाडको हावाहुरी र तराईको चर्काे गर्मी सहन सक्नुपर्छ’ झुमाले महाशंकरको आँट बढाई ।

त्यसैमा आइतेले थप्यो, ‘सुरुमा आँखा मिन्दै आएकी यही रहिना हो । आन्दोलनमा जाँदा आफू पनि पूर्ण तयारीसहित जानुपर्छ भन्ने कुरालाई नेग्लिजेन्स गरिछ यस्ले । लेनिनले भनेको याद छैन दुस्मनको शक्तिलाई कमजोर ठान्नुहुन्न भनेर ।’

‘उम् अनि विश्विविद्यालयमा वितण्डा छ त ? म एक दुई दिन यता आउन पाइन । के भइरहेको छ आजकाल ?’ झुमा अपडेट हुन खोजी ।

‘अब महाशंकर नै भन न । सबैभन्दा ठूलो आन्दोलनकारी तैं होस केरे । मेरा त आँखा मात्र पिरा भए । तेरो त ढाडै खुस्किसकेको थियो झण्डै ।’

महाशंकर घटनालाई आफ्नो कोणबाट व्याख्या गर्छ, ‘हामी ‘रिटेक’ परीक्षा दिन पाउनुपर्ने माग राख्दै धर्नामा बसेका थियौं । त्यस अगाडि उपकुलपतिलाई ज्ञापन–पत्र बुझाउन गएका गएका हौं ।

विश्वविद्यालयमा सम्बन्धनविनै अध्यापन भइरहेको हाइड्रो इन्जिनियरिङ्ग, कोरोना अवधिको शुल्क मिनाहाको विषय ज्ञापन–पत्रमा उल्लेख थिए । तर उपकुलपतिले ज्ञापन–पत्र बुझ्न मान्नुभएन । हामी धर्ना बस्यौं । पछि प्रहरीले लाठीचार्ज ग¥यो, अश्रुग्यास र हवाईफायर समेत ग¥यो । त्यसपछि मामाहरूले दिएको उपहार यी निलडाम हुन्’ उनले आफ्नो घाउ देखायो ।

‘उपकुलपतिका केही कमजोरी देखिए । यसले विश्वविद्यालय धरापमा पर्न सक्छ । एक त विश्वविद्यालय स्थापनादेखि नै भागवण्डाको शिकार भएको छ । त्यसमाथि भागबण्डाबाटै आएका उपकुलपतिले आफूलाई त्यसरी प्रस्तुत गर्नु राम्रो संकेत होइन’ बक्राम बोल्यो ।

‘त्यस्तो भन्नाले ?’ झुमाको प्रश्नको जवाफ बक्रामले केही घटनाहरूलाई जोडेर दियो ।

‘केही महिनाअघि मात्रै ज्ञापन–पत्र बुझाउन उपकुलपति कार्यालय पुगेका विद्यार्थीलाई कार्यकक्षमै कुटपिट भएको रहेछ । यसले माग राख्नेको स्वतन्त्रतालाई मिचेको जस्तो लाग्छ ।

अहिलेको आन्दोलन र घटनाको विषयमा जानकारी दिन आयोजना गरिएको भर्चूअल पत्रकार सम्मेलनमा पनि उपकुलपतिको भाषा राम्रो भएन । विश्वविद्यालयले सम्बन्धनविनै हाइड्रो इन्जिनियरिङ्ग पढाइ आफै गरेको हो । सबै प्रबन्ध विश्वविद्यालयले नै मिलाउनु पर्नेमा उहाँ हाइड्रो इन्जिनियरिङ्ग विश्वविद्यालयका लागि घाँडो भएको भन्नुहुन्छ ।

उहाँले विद्यार्थी उचाल्ने काम केही प्रोफेसरले गरेको भनिरहनुभएको छ । यदि त्यसो हो भने उचाल्नेलाई कारबाही गर्नु अस्वाभाविक होइन । तर उनीहरूलाई मुगु र रुकुममा सरुवा गरिदिने भन्नु त भूगोलको अपमान हो नि । आजपनि जुम्ला, हुम्ला कर्मचारी सरुवा हुनुलाई कारबाही सम्झिनु शासकीय मानसिकता हो ।’

‘अनि विश्वविद्यालयको सम्पत्ति तोडफोड गर्ने अधिकार आन्दोलनकारीलाई छ त ? प्रागिक क्षेत्रमा क्रियाशील हुनेले उक्साउने र उक्सिने गर्न हुन्छ त ?’ झुमाले फेरि प्रश्न गरी ।

‘हुँदैन । त्यो म मैले पनि सही कहाँ भनेको छु र ? तर उपकुलपतिले पनि त बोल्दा ध्यान पु¥याउनु प¥यो नि ।

के विद्यार्थीले उपकुलपतिलाई नै ज्ञापन–पत्र दिन खोज्नु हुँदैन र ? मलाई त लाग्छ सबै समस्या उपकुलपतिले चाहेमा समाधान हुन सक्छन् । माग सुन्न नचाहनु पनि तर राम्रो नियत होइन नि ।

विद्यार्थीले त्यही आवेग पोखे । यत्ति हो विद्यार्थीले संयमता नअपनाई ढुंगामुढा गरे । त्यसपछि माहोल दुवैतिरबाट बिगार्ने काम भयो ।

आन्दोलन गर्ने पक्ष र माग सुनुवाइ गर्ने पक्ष सबैको बुद्धि पुगेन । पछि विद्यार्थीले उपकुलपतिको पुत्ला जलाए ।

बाँकी आन्दोलन गर्ने विद्यार्थी हदैसम्म असंयम भएका हुन भने निस्कासन गरे भैगो । तर मलाई लागेका के भने नि कोरोना अवधिको फि किन तिर्नु ?’ बक्रामले आफ्ना कुरा सकायो ।

‘विश्वविद्यालयमा जे भयो ठीक भएन । सत्ताले प्राज्ञिक क्षेत्रमा समेत भागवण्डाको खराब रित बसालेकै कारण यस्तो भइरहेको छ ।

यस्तोमा सबैका स्वार्थ जोडिएका छन् । स्वार्थकै कारण प्रयोग हुने र गर्ने काम भइरहेको छ । अब यो कहिले निको नहुने रोगमा परिणत हुने सम्भावना बढेको छ ।

सबैभन्दा बढी राज्य निकम्मा हुँदा समस्या भयो । शिक्षा राज्यको दायित्व नहुँदा समस्या अरु बढेका छन् । यसले शिक्षा किन्नुपर्ने बनाइदियो ।

कमजोर आयस्रोत हुनेलाई नपढ भनेको छ । विद्यार्थीले नपढेको समयमा समेत पैसा तिर्नुपर्ने भयो । यदि हाम्रो देशमा राम्रा वकिल भइदिएको भए यसरी पैसा असुनल्नेहरू जेल जान्थे । राज्य त कुनै छैन प्रसाद नामको हरामखोरले चलायजस्तो पो लाग्न थाल्यो त’ झुमाले आवेग पोखी ।

‘हो त है दिदी । आन्दोलन यस्तो विषयमा पो हुनुपर्ने हो त । समस्याको जरोमा पुगेर बहस गर्ने र आन्दोलनको तयारी गर्नुपर्ने हो । हामी त सतहमा काम गरिरहेका छौं । अनि पदाधिकारी नियुक्तिमा भागबन्डा हुनुले विश्वविद्यालयलाई नै लज्जित बनाएको छ ।’ आइतेले आफ्नो आलोकाचोपना सुधार्दै परिपक्व भएको देखायो ।

‘त्यही भएर त मामाको माया भेटिन्छ नी हे.हे.हे.,’ रहिनाले कुराको बिट मारी ।

प्रकाशित मितिः   ३ माघ २०७७, शनिबार ११:२८