कारागारमा पुस्तक वितरण

कारागारमा रहेका कैदीबन्दीहरूलाई पुस्तक वितरण गरिएको छ । शुक्रवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका समन्वय विज्ञ झकबहादुर मल्लसहितको टोलीले ५० थान पुस्तक वितरण गरेको हो ।

सुर्खेत जेल ब्रेकको सम्झनामा पुस्तक वितरण गरिएको मल्लले बताए । मल्लकै नेतृत्वमा २०५८ साल माघ २ गते जेलब्रेक गरी सुर्खेत कारागारबाट मल्लसहित ३० जना बन्दी भागेका थिए । तत्कालीन माओवादी आन्दोलनमा सहभागी उनीहरूलाई पक्राउ गरी कारागार राखिएको थियो । ‘हामीहरूले जेलमा हुँदा आन्दोलन गरी पुस्तकालय स्थापना गरेका थियौं,’ उनले भने, ‘त्यसैले जेलब्रेकको सम्झनामा कैदीबन्दीलाई पुस्तक वितरण गरेका हौं ।’

कैदीबन्दीहरूलाई राजनीतिक, ऐतिहासिक र साहित्यिक पुस्तकहरू उपलब्ध गराइएको हो । पुस्तक वितरण कार्यक्रममा जेलब्रेकका सहभागी देवीराम देवकोटा, नवराज खड्कालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः   ३ माघ २०७७, शनिबार ११:२०