विदेशिनुपर्ने विडम्बना
नेपालबाट दैनिकजसो युवाहरू विदेश पुग्छन् । अध्ययन र रोजगारीका लागि भनेर जानेमध्ये धेरै युवा उतै पलायन हुने गरेका छन् । यसरी मुलुकको सक्रिय युवा जनशक्ति खेर गइरहेको छ । यो क्रम निरन्तर जारी छ । घट्ने छैन । अहिले माध्यमिक तह अध्ययन गरिरहेका धेरै विद्यार्थीहरू यतिबेला नै उच्च शिक्षा अध्ययनको लागि होस् या रोजगारीकै लागि विदेशिने सोच र योजना बनाउन थालिसकेका हुन्छन् । अध्ययनका क्रममा निश्चित समयावधिका लागि अन्य मुलुकमा जानु अस्वाभाविक हुँदै होइन । तर उतै पलायन हुने संख्या बढ्नु भने राम्रो संकेत पनि होइन ।
युवा नै त्यस्तो महŒवपूर्ण जनसंख्या हो, जसको काँधमा वर्तमान र भविष्य जोडिएको छ । यसकारण पनि युवालाई देशका मेरुदण्ड भन्ने गरिएको छ । उनीहरू देशको शक्ति र सामथ्र्य हुन् । मुलुकको सबैखाले राजनीतिक परिवर्तनमा युवाहरूको भूमिका अतुलनीय रहँदै आएको छ । आजको राजनीतिमा पनि युवाहरूको महŒवपूर्ण भूमिका रहेको छ । आर्थिक क्षेत्र पनि युवाहरूकै काँधमा छ । समृद्ध मुलुकको सपना झन्डै आधा हिस्सा ओगटेको युवा पुस्ताकै सहभागिता र नेतृत्वविना सम्भव छैन । तर विडम्बना के छ भने त्यही युवा पुस्ता राज्यको प्राथमिकतामा पर्न सकेको छैन । जसको परिणाम हो, विदेशिनु । राजनैतिक अस्थिरता, रोजगारीका अवसरको कमी, गुणस्तरीय शिक्षाको अभावजस्ता अनेकौ समस्याका कारण युवा पीडित बनेका छन् । मारमा परेका छन् । त्यसकारण पनि देशमा आफ्नो भविष्य नदेखेकाले दिनप्रति दिन विदेश पलायन हुनेको संख्या बढ्दै छ ।
आजसम्म भए गरेका हरेक राजनीतिक परिवर्तनको अग्रमोर्चामा उत्रिने युवा जमात त्यसबाट प्राप्त उपलब्धिको लाभबाट जहिले पनि वञ्चित हुन पुग्यो । नेतृत्वमा पुरानै र निश्चित व्यक्तिहरूकै रजगज चलिरह्यो । यसबाट पनि उनीहरूमा वितृष्णा उत्पन्न भएको देखिन्छ । अर्कोतर्फ देशको आर्थिक, सामाजिक र राजनीतिक परिघटनाले बाध्य भएर देश छोड्नेहरू पनि छन् । पटक पटकको संघर्षबाट व्यवस्था परिवर्तन भयो । यसका लागि अनेक आन्दोलन भए । जननिर्वाचित सरकार बने । जननिर्वाचित प्रतिनिधिहरूले नयाँ संविधान बनाए । संघीय गणतन्त्रात्मक व्यवस्था आयो । सोहीअनुसार तीन तहका सरकार बने । तर युवाका समस्या जहाँको त्यहीँ छन् । बरु तीनै तह भ्रष्टाचारले जेलिए । जनताको सामाजिक तथा आर्थिक अवस्था परिवर्तन भएन । सबै संरचनाहरूमा विधि र पद्धतिभन्दा व्यक्ति केन्द्रित राजनीति हाबी भयो । यी यावत कारणले पनि युवामा चरम निराशा र आक्रोश बढाएको छ । यही निराशाले उनीहरूमध्ये धेरैले विदेश पु¥याएको छ ।
देश छोडेर छिमेकको चीन र भारतदेखि खाडी र युरोप–अमेरिकासम्म नेपाली युवाहरू पुगिसकेका छन् । त्यसमध्ये अधिकांश दक्ष र प्राविधिक जनशक्ति नै विदेशिने गरेका छन् । विदेश गएकाहरूबाट स्वदेशले रेमिट्यान्स त भिœयाएको छ तर त्यो भन्दा बढी नोक्सान बेहोरिरहेको छ । मुलुक अविकसित अवस्था छ युवाहरू अन्य देश समृद्ध बनाउन पसिना बगाइरहेका छन् । यो विडम्बनापूर्ण अवस्थाको अन्त्य आजको आवश्यकता हो ।
प्रकाशित मितिः १ माघ २०७७, बिहीबार ०६:०२
साझा बिसौनी ।