प्राइमद्वारा डेढ अर्बको कारोबार

प्राइम बहुउद्देश्यीय सहकारी संस्थाले २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रार कार्यालयका अधिकृत खेमराज आचार्यको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष भूषणकुमार मानन्धरको सभापतित्वमा साधारणसभा सम्पन्न गरिएको हो ।

उक्त सभामा पाइनियर बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष भीमबहादुर भण्डारी, राष्ट्रिय सहकारी बैंक सुर्खेत शाखाका प्रमुख हिरा सुनार, राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष टंकप्रसाद लामिछाने तथा जिल्ला बहुउद्देश्यीय सहकारीका सञ्चालक सदस्य गोपालप्रसाद पाण्डेले मन्तव्य राखेका थिए । संस्थाले आर्थिक वर्ष २०७६÷०७७ मा एक अर्ब ४२ करोड ८९ लाख ९७ हजार नौ सय ७० रूपैयाँ बराबरको कारोबार गरेको छ । संस्थाले सोही आर्थिक वर्षमा ९२ लाख ९७ हजार नौ सय ६५ रूपैयाँ नाफा गरेको जनाएको छ ।

संस्थाले आर्थिक वर्ष २०७६/०७७ को उत्कृष्ट बचतकर्ताको रुपमा केन्द्रीय कार्यालका शेयर सदस्य दिलिपकुमार थापा र सेवा केन्द्र जहरेका शेयर सदस्य धर्मकुमारी शर्मालाई सम्मानित गरेको छ । त्यसैगरी, उत्कृष्ट कर्जातर्फ शेयर सदस्य अञ्जनी थापा र अशोक सुनारलाई सम्मान गरेको छ ।

प्रकाशित मितिः   २६ पुष २०७७, आईतवार ०९:४५