स्वास्थ्य शिविर सञ्चालन
वीरेन्द्रनगरमा पाठेघर स्क्रिनिङ्ग तथा भीआइए जाँच शिविर सुरू गरिएको छ । मंगलवारदेखि वीरेन्द्रनगर–१ मा शिविर सञ्चालन गरिएको हो । पाठेघर स्क्रिनिङ्ग वर्षका रूपमा नगरका १६ वटै वडामा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी रहेको नगरपालिकाले जनाएको छ ।
मंगलवार सञ्चालन गरिएको शिविरमा एक सय ९८ जना महिलाहरूको पाठेघर स्क्रिनिङ्ग तथा भीआइए जाँच गरिएकोमा आठ जनामा समस्या देखिएको वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखाकी डम्बरी कँडेलले जानकारी दिइन् । तत्काल १४ दिनको लागि औषधि दिएपनि पुनः परीक्षणको लागि परिवार नियोजन संघमा बोलाइएको उनले बताइन् ।
शिविर उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकालले महिलाहरूो स्वास्थ्य ठिक भए मात्रै सिंगो परिवार स्वस्थ रहने बताइन् । उनले नगरपालिकाले १६ वटै वडामा शिविर सञ्चालन गर्ने तयार गरेको जानकारी दिइन् ।
प्रकाशित मितिः २२ पुष २०७७, बुधबार ०८:५१
साझा बिसौनी ।