नौ अर्ब बजेट प्रस्ताव

साझा बिसौनी संवाददाता
हुम्ला, ५ चैत । 
जिल्ला विकास समिति हुम्लाले आव २०७३÷०७४ का लागि कूल आठ अर्ब ९० लाख १७ हजार चार सय दुई रूपैयाँ अनुमानित बजेट प्रस्ताव गरेको छ । जिल्ला परिषद् बैठकमा स्थानीय विकास अधिकारी बलदेवप्रसाद जोशीले सार्वजनिक गरेका प्रस्तावमा सडक आयोजना सञ्चालन गर्न दुई अर्ब ५२ करोड पाँच हजार र शिक्षा क्षेत्रमा एक अर्ब ६४ करोड तीन हजार आठसय रूपैयाँ विनियोजन गरिएको छ ।
त्यस्तै परिषद्ले कृषि र पर्यटन, जडिबुटी, जलस्रोत, सडक, शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रको समुचित विकासमा जोड दिएको छ । कर्णाली करिडोर, हिल्सा–सिमिकोट सडकखण्डको विस्तार तथा जिल्लाका उत्तरी र दक्षिणी सडक निर्माण, सदरमुकाममा विद्युत आपूर्ति गर्दै आएको हिल्दुङ जलविद्युत आयोजना जीर्ण भएकाले हेप्का खोला तथा ग्याग्रु दोजाम खोलामा पाँच मेगावाट क्षमताको विद्युत आयोजना निर्माणका लागि अध्ययन सुरु गरिने भएको छ ।
प्रकाशित मितिः   ६ चैत्र २०७२, शनिबार १०:५५