दर्शकले रुचाए रेग्मीको रचना ‘मैले माया गर्दा’

सुर्खेतः ‘मैले माया गर्दा’ बोलको आधुनिक गीत सार्वजनिक भएको छ । आधुनिक शैलीमा निर्माण गरिएको गीतलाई दर्शक स्रोताले रुचाएका छन् । ओसर युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोले छोटो समयमै दर्शकको मन जितेको हो । दुई दिनको अवधीमा युट्युबमा झण्डै एक लाख दर्शकले गीत हेरिसकेका छन् । सार्वजनिक भएलगत्तै गीतले राम्रो भ्यूज पाउन सफल भएको हो ।

गीतको सबै पक्ष राम्रो भएकाले दर्शक स्रोताहरूले पनि मन पराउने अपेक्षा गरिएको गीतका रचनाकार कुमार रेग्मीले बताए । गीतका शब्द र भिडियोमा माया प्रेमका सन्दर्भहरूलाई दर्शाइएको छ । ‘मैले माया गर्दा’ मा चर्चित गायक प्रमोद खरेलको स्वर तथा पूर्ण संयोगको संगित रहेको छ ।

                           गीतका रचनाकार कुमार रेग्मी

म्युजिक भिडियोसहितको उक्त गीतको निर्देशन कपिल लामाले गरेका छन् । दुर्गा प्रधानले छायाँकन गरेको भिडियोमा स्वेता, देवेन्द्र, कमल र कुमारको अभिनय रहेको छ । संघीय राजधानी काठमाडौंका विभिन्न स्थानमा छायाँकन गरिएको उक्त म्युजिक भिडियो उत्कृष्ट भएको निर्देशक लामाको दाबी छ । गीतका रचनाकार रेग्मी नारायण नगरपालिका–६ दैलेखका स्थायीवासीन्दा हुन् । उनी निजामती सेवामा कार्यरत छन् । साहित्य र संगितमा रूची राख्ने रेग्मीको यो पहिलो गीत हो ।

प्रकाशित मितिः   १४ पुष २०७७, मंगलवार १६:३६