साझा सहकारीको साधारण सभा

साझा बचत तथा ऋण सहकारी संस्थाले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कोरोना महामारीलाई मध्यनजर गर्दै स्वास्थ्य मापदण्ड अपनाएर संस्थाको १०औं वार्षिक सभा गरिएको हो । सहकारीले सदस्यहरूको सुझाव संकलन गरी सुझाव माथि छलफलसहित शनिवार वार्षिक सभा सम्पन्न गरेको जनाएको छ ।

सभामा संस्थाका सचिव ओमजङ्ग रोकायले आर्थिक वर्ष २०७६/०७७ को प्रगति तथा २०७७÷०७८ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । वीरेन्द्रनगरमा रहेको उक्त सहकारी संस्थाको कुल पूँजी सात करोड ५० लाख ९५ हजार रहेको छ । वार्षिक सभामा लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन लेखा समिति संयोजक खगेन्द्रप्रसाद रिमालले प्रस्तुत गरेका हुन् । सभाले संस्थाका शेयर सदस्यहरूको शेयर मा आठ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

कोरोना जोखिमलाई ख्याल गर्दै संस्थाका प्रतिनिधि सदस्यको उपस्थितिमा वार्षिक सभा सञ्चालन गरिएको थियो । संस्थाका अध्यक्ष मदनबहादुर खड्काको अध्यक्षतामा भएको सभाको प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका सञ्चालक हरिहर नाथ योगि रहेका थिए । वार्षिक साधारण सभा कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक तुल्सी घिमिरेले गरेका हुन् । सभामा एक जना असल बचत कर्ता, एक जना असल ऋणी र एक जना उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको प्रबन्धक घिमिरेले बताए  ।

प्रकाशित मितिः   ५ पुष २०७७, आईतवार ०८:१९