मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु

रुकुममा मिनी ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य तीनजना घाइते भएका छन्।
काँक्रीबाट रुकुमकोटतर्फ आउँदै गरेको बा १ ख ९६९१ नम्बरको मिनीट्रक रुकुमकोट–९ को रातापहर नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार बिहान ५ बजेतिर भएको मिनी ट्रक दुर्घटनामा परी मारोवाङ–३ की अन्दाजी १६ वर्षीया सपना सुनार र गाडी चालक सल्यान शिवरतका लालवीर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ।
घाइते तीनजना मध्ये दुईजनाको अवस्था गम्भीर रहेको र स्वास्थ्यचौकी रुकुमकोटमा उपचार भइरहेको छ।