१३ जनामा संक्रमण पुष्टि

कर्णालीमा १३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार बिहीवार सुर्खेतका नौ, सल्यानका दुई, दैलेख र अन्य प्रदेशका एक÷एक जनामा संक्रमण पुष्टि भएको हो । योसँगै प्रदेशमा संक्रमितको संख्या सात हजार एक सय ४३ पुगेको छ ।

यस्तै, बिहीवार थप ३३ जना संक्रमणमुक्त भएका छन् । सुर्खेतका ३०, जुम्लाका दुई र मुगुका एक जनाले कोरोना जितेका हुन् । योसहित प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ६ हजार सात सय आठ पुगेको छ ।

यसैबीच, नेपालमा थप सात सय ७६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या दुई लाख ५१ हजार ६ सय ९२ पुगेको छ । बिहीवारसम्म देशभर सक्रिय संक्रमितको संख्या नौ हजार पाँच सय ८० छ । संक्रमणमुक्त हुनेको संख्या दुई लाख ४० हजार तीन सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये एक हजार सात सय ४९ जनाको मृत्यु भएको छ ।

प्रकाशित मितिः   ३ पुष २०७७, शुक्रबार ०८:४१