सरकारविरुद्ध कांग्रेसको प्रदर्शन
देशव्यापी रूपमा कांग्रेसका कार्यकर्ताले सोमवार विरोध ¥याली तथा आमसभा गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर सरकारविरुद्ध विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनका लागि कांग्रेस कार्यकर्ताले देशैभर ¥याली निकालेका थिए । सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै कांग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो । कांग्रेसका शीर्ष नेताहरू विरोध प्रदर्शनका लागि देशका विभिन्न जिल्लामा पुगेका छन् ।
सरकारविरुद्धको देशव्यापी प्रदर्शन अन्तर्गत कर्णाली प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भएको विरोध प्रदर्शनमा नेता तप्तबहादुर विष्ट र जिल्ला सभापति कमलराज रेग्मीलगायतले सम्बोधन गरेका थिए । मंगलढीचौकबाट सुरू गरिएको ¥याली पिपलचौतारामा पुगेर कोणसभामा परिणत भएको थियो । कांग्रेसले कर्णालीका सबै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गरेको जनाएको छ । विरोध ¥याली तथा सभाहरूमा हजारौं कार्यकर्ताको सहभागिता रहेको कांगे्रसको दाबी छ ।
हुम्लामा आयोजित विरोध सभालाई केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेशसभाका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले सम्बोधन गरेका छन् । सदरमुकाम सिमकोटस्थित लोकतन्त्रचोकमा आयोजित विरोध सभालाई शाहीलगायतका नेताले सम्बोधन गरेका थिए ।
त्यस्तै, जाजरकोटको खलङ्गास्थित ठाँटीबजार चौतारामा आयोजित विरोध सभालाई केन्द्रीय सदस्य हृदयराम थानीले सम्बोधन गरे । विरोध प्रदर्शनहरू जिल्लास्थित सदरमुकाममा केन्द्रित गरिएको थियो । देशका मुख्य सहरमा पार्टी पदाधिकारी तथा प्रखर वक्ताहरू खटाएको कांग्रेसले कर्णालीको राजधानी वीरेन्द्रनगर तथा जिल्लाहरूमा भने केन्द्रीय
सदस्यहरू मात्र खटाएको छ । कर्णालीका जिल्लाहरूमा केन्द्रीय सदस्य तथा जिल्ला सभापतिहरूले विरोध सभालाई सम्बोधन गरेका हुन् ।
साझा बिसौनी ।