सबै सरकारी कार्यालयहरुमा तालाबन्दी
मुगु, ५ कार्तिक । स्थानीय तहको पुनर्संरचना प्रक्रियामा भएको विवादका कारण मुगु सदरमुकाम गमगढीमा स्थानीय बासिन्दाले दिनहुँ प्रदर्शन गरिरहेका छन् । आन्दोलनकारीहरुले आईतबार जिल्ला सदरमुकाममा रहेका सबै सरकारी तथा गैरसरकारी कार्यालय बन्द गराएका छन् ।
९ वटा ईलाकाहरु रहेको मुगु जिल्लालाई ३ गाउँपालिका र १ नगरपालिका बनाउने खाका स्थानिय निकाय पुनसंरचना आयोगमा सिफारिस गरिएपछि जिल्लाको रारा, कालै र धैनकोट गाविसका गाउँस्तरका दलका नेता कार्यकर्ता र स्थानीय बासिन्दा बिगत २ हप्तायता आन्दोलनमा रहेका छन् ।
पहिलो चरणको आन्दोलन अन्तरगत बिभिन्न कार्यक्रमहरु गरेका स्थानिय बासिन्दाले गएको शुक्रबारबाट पुन दोस्रो चरणको आन्दोलन सुरु गरेका हुन् । पछिल्ला आन्दोलन आक्रमक बन्दै गएकाले पनि जिल्ला स्तरका सम्बद्ध व्यक्तिहरु र राज्यले नसोचे जिल्लामा अझ समस्या निम्तन् सक्ने चेतावनी गाउँपालिका प्राप्तिका लागि गठित संघर्ष समितीका संयोजक दानबहादुर शाहीको रहेको छ । स्थानियले लामो समययता बिरोधका कार्यक्रमहरु गरिरहेको भएपनी प्राविधिक समिति र राजनीतिक दलका प्रतिनिधि कुनै औपचारिक छलफल हुन् सकिरहेको छैन् ।
आफ्नो माग पटक पटक राखिरहेको भएपनि माग सुनुवाई नभएपछी जिल्ला विकास समितीको कार्यालय सहित सबै कार्यालयहरुमा अनिश्चित कालिन तालावन्दि गरेको कालै गाविसका भुतपुर्व गाविस अध्यक्ष पदमनाथ योगीको भनाई छ । आन्दोलनका कारण जिल्ला स्थित सबै कार्यालयहरु बन्द हुदाँ सेवाग्राहीको कामकाज प्रभावित भएको छ भने सरकारी र गैरसरकारी कार्यालयका कर्मचारी कार्यकक्षमा पस्न पाएका छैनन् ।
रारा, कालै र धैनकोट गाविसलाई जोडेर छुट्टै “रारा” गाउँपालिकाको माग गर्दै पटक पटक ध्यानआकर्षण गराउदा पनी सुनुवाई नभएपछी आफुहरुले आन्दोलन्को रुप परिवर्तन् गर्नुपरेको रारा गाविसका युवा धर्मराज शाहीले बताए । उनका अनुसार रारा गाउँपालीकाको माग गदै सात दिन शान्ती पुर्ण आन्दोल गरेको र सातदिने अल्टीमेटम दिदा पनी सुनुवाई नभएपछी आज जिल्लाका सबै कार्यालयहरु बन्द गराई ताला बन्दि गरिएको हो ।
यसैबीच आफुहरुलाई जिल्ला स्तरका राजनितिक दलहरुले झुक्याएको भन्दै यसअघि ति तिनवटै गाविसका स्थानिय बासिन्दाले सम्पुर्ण पार्टिकहरुको साधारण सदस्य समेत नरहने गरि राजिनामा समेत दिएका थिए । गाउँपालिका नबनाउनु जिल्ला स्तरका राजनितिक दलहरुको स्वार्थ भएको स्थानियको भनाई छ ।
जिल्ला पुनः संरचना आयोगको मापदण्ड अनुसार ३ देखि ५ को मापदण्ड लाई कार्यान्वयन् नगरी आफ्नो स्वार्थकालागी गाऊँपालीका निधार्ण गरेकोे र जनताको जनमतलाई वेवास्थागरि आफु खुशि गाऊँपालीकाको प्रतिवदन पेश गरेको भन्दै ईलाका नं ६ का स्थानीय बिरोधमा रहेका छन् । गाउँका बासिन्दालाई मार पर्ने गरि खाका तयार गरेकाले दलका नेता र प्राविधिक समितिले पठाएको खाका मान्न नसकिने भन्दै सर्बसाधारणहरु आक्रोशित बनेका हुन् । आन्दोलनमा सर्वसाधारणको सहभागिता पनि बढ्दै गएको छ । जनताहरुको मागलाई लिखित रुपमा सम्बोधन नगरे सम्म आफुहरुको आन्दोलन कडा पार्दै लगिने संघर्ष समितिले जनाएको छ । अाक्रोशित स्थानीयले गमगढीमा जुलुस समेत निकालेका थिए ।
प्रकाशित मितिः ५ मंसिर २०७३, आईतवार १४:०२
साझा बिसौनी ।