साना किसानको ३६ करोड बढी कारोबार
साना किसान कृषि सहकारी संस्था वीरेन्द्रनगर–३ उत्तरगंगा वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमवार वीरेन्द्रनगरमा संस्थाले २४औं साधारणसभा सम्पन्न गरेको हो ।
संस्थाले आर्थिक वर्ष २०७६/०७७ मा कुल ३६ करोड ८३ लाख २१ हजार बराबरको कारोबार गरेको छ । चालु आर्थिक वर्ष २०७७/०७८ को लागि ५६ करोड ९३ लाख ११ हजार बराबरको आय–व्यय प्रस्ताव गरिएको छ ।
अध्यक्ष चाँदनी ढकालको अध्यक्षता तथा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका हभागीहरुले संस्थाको प्रगतिका लागि शुभकामना दिएका थिए ।
प्रकाशित मितिः ३० मंसिर २०७७, मंगलवार ०८:३३
साझा बिसौनी ।