पिपलबोटको साधारणसभा एक साता चल्ने
सुर्खेतः वीरेन्द्रनगर–४ मा रहेकाे पिपलबोट बचत तथा ऋण सहकारी संस्थाले १८ औं वार्षिक साधारणसभा मनाइरहेको छ । आइतवारदेखि सुरू भएको सभा आगामी शनिवारसम्म सञ्चालन हुनेछ । साताव्यापी रुपमा सभा सञ्चालन हुनेगरी उद्घाटन तथा सदस्यता उपस्थिति खुल्ला गरिएको संस्थाले जनाएको छ ।
कोरोना संक्रमणको जोमिखलाई मध्यनजर गर्दै सावधानी अपनाउन यस वर्षको वार्षिक साधारणसभा चरणबद्धरुपमा सञ्चालन गरिएको हो । आइतवार साधारण सभाको उद्घाटन गर्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले पिपलबोटले बचत तथा ऋण परिचालनका क्षेत्रमा प्रशंसायोग्य काम गरेको बताइन् । उपप्रमुख ढकालले सहकारी संस्थाका नीतिगत अप्ठेराहरूलाई सहजीकरण गर्न आफ्नो तहबाट पहल गर्ने प्रतिवद्धता जनाइन् ।
स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सदस्यको उपस्थितलाई व्यवस्थित बनाइएको संस्थाका प्रबन्धक रमेश खनालले बताए । उनका अनुसार मंसिर २१ देखि २५ गतेसम्म उपस्थिति खुला तथा सुझाब संकलन गर्ने, २६ गते प्राप्त सुझावमाथि विस्तारित मञ्चमा छलफल र २७ गते निर्णय प्रमाणिकरणसँगै साधारणसभा समापन गरिनेछ । संस्थाका अध्यक्ष टेकराज कोइरालाले सभा समापन कार्यक्रममा सदस्यको सहभागिताका लागि वैकल्पिक माध्यमको प्रयोग गरिने बताए । फेसबुक पेज, टेलिभिनजनबाट लाइभ र जुम एप लगायतका भर्चुअल माध्यमबाट सदस्यको सहभागिता गराउन लागिएको हो ।
प्रकाशित मितिः २२ मंसिर २०७७, सोमबार १३:०४
साझा बिसौनी ।