राजतन्त्रको पक्षमा प्रदर्शन

राजतन्त्रको पक्षमा सुर्खेतमा प्रदर्शन भएको छ । वीरेन्द्रनगरमा बिहीवार हिन्दु राष्ट्र राजसंस्था पुनस्र्थापना संघर्ष समितिले प्रदर्शन गरेको हो । समितिले जुलुसहितको ¥याली निकालेको थियो । मोटरसाइकल सहितको ¥याली वीरेन्द्रनगरस्थित कालुङ्गचोकबाट सुरू भइ बजार परिक्रमा गरी पिपलचौतारामा कोणसभा गरिएको हो ।

प्रदर्शनमा सहभागीले पूर्वराजा ज्ञानेन्द्र शाहको तस्बिर अंकित प्लेकार्ड र राष्ट्रिय झण्डा बोकेका थिए । प्रदर्शनका क्रममा ‘गणतन्त्र चाहिँदैन, देश बेच्न पाइँदैन’ ‘राजा आऊ, देश बचाऊ’, लगायतका नारा प्रदर्शनका क्रममा लगाइएको थियो । पछिल्ला दिनहरूमा देशका विभिन्न स्थानमा राजतन्त्रका पक्षमा लगातार नारा जुलुसहित प्रदर्शन भइरहेका छन् ।

प्रकाशित मितिः   १९ मंसिर २०७७, शुक्रबार ०९:२८