संक्रमण उस्तै, परीक्षण घट्यो

अहिलेसम्म प्रदेशमा ९३ हजार चार सय १२ जनाको पीसीआर परीक्षण भएको छ । त्यसमध्ये मंसिर महिनाका १६ दिनमा जम्मा दुई हजार ६ सय ११ जनाको मात्र परीक्षण भएको हो ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर घटेको छैन । समुदायस्तरमा व्यापक बनेको संक्रमण नियन्त्रणमा नआउँदै परीक्षण दर भने ह्वातै घटेको छ । मंसिर महिना लागेयता दैनिक सरदर एक÷डेढ सय जनाले मात्र कोरोना परीक्षण गर्ने गरेका छन् ।

अहिलेसम्म प्रदेशमा ९३ हजार चार सय १२ जनाको पीसीआर परीक्षण भएको छ । त्यसमध्ये मंसिर महिनाका १६ दिनमा जम्मा दुई हजार ६ सय ११ जनाको मात्र परीक्षण भएको हो ।

प्रदेशमा कोरोना संक्रमणको जोखिम उच्च रहेपनि सोहीअनुसार परीक्षणको दायरा बढाइएको छैन । परीक्षण न्यून हुँदा पनि संक्रमणको दर भने उस्तै छ । सुरुवाति चरणमा दैनिक करिब दुई हजार जनाले कोरोना परीक्षण गर्दै आएका थिए । गएको असारदेखि असोजसम्म परीक्षणको चापका कारण प्रदेशका चार स्थानमा रहेका पीसीआर ल्याबमा स्वाब थन्किने अवस्था थियो । कर्णालीमा जेठ ५ गते पहिलो संक्रमण पुष्टि भएको थियो ।

बिचमा सरकारले स्वयम् व्यक्तिले पैसा तिरेर कोराना परीक्षण र उपचार गर्ने भनेपछि परीक्षणमा कमी आयो । सरकारको निर्णयको चौतर्फी आलोचना पश्चात परीक्षण र उपचार निःशुल्क गर्न सरकार बाध्य भएको थियो । सरकारले कार्तिक २४ गते पुनः निःशुल्क परीक्षण र उपचार गर्ने निर्णय गरेको भएपनि परीक्षण दर भने बढ्नुको साटो घट्दै गएको छ । पछिल्लो समय लक्षण देखिएका व्यक्तिहरूको मात्रै निःशुल्क परीक्षण गर्ने गरिएको छ । कन्ट्याक्ट टे«सिङ समेत प्रभावकारी नहुँदा परीक्षणमा कमी आएको हो ।

हाल प्रदेशमा दैनिक दुई सयभन्दा पनि कम संख्यामा कोरोना परीक्षण हुँदै आएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । अहिलेसम्म प्रदेशमा ९३ हजार चार सय १२ जनाको पीसीआर परीक्षण भएको छ । त्यसमध्ये मंसिर महिनाका १६ दिनमा जम्मा दुई हजार ६ सय ११ जनाको मात्र परीक्षण भएको हो । यो संख्या अघिल्ला महिनाहरूको तुलनामा निकै कम हो । मंसिरको यो अवधिमा चार दिन प्रदेशका चार वटै प्रयोगशालामा परीक्षण शून्य छ ।

परीक्षण निकै कम भएपनि संक्रमण दर भने उच्च देखिएको छ । मंसिर ११ गते एक सय २० जनाको पीसीआर परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भएको थियो । त्यस्तै, मंसिर १२ गते एक सय ८२ जनाले कोरोना परीक्षण गर्दा २४ जनामा संक्रमण देखियो । मंसिर १४ गते एक सय ८८ जनाको परीक्षण हुँदा ३५ जनालाई कोरोना पुष्टि भएको हो । १५ गते दुई सय दुई जनामध्ये २९ र १६ गते एक सय ४१ जनामध्ये १४ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

गएको जेठ महिनामा १५ हजार ६ सय ७० जनाको कोरोना परीक्षण भएको थियो । पछिल्लो महिना असारमा परीक्षण गर्ने संख्या बढेर १९ हजार चार सय ९४ पुग्यो । साउनमा १२ हजार दुई सय ४६, भदौमा २१ हजार चार सय एक, असोजमा १४ हजार दुई सय ५५ र कार्तिकमा सात हजार सात सय ३५ जनाले परीक्षण गरेका थिए । पछिल्लो समय कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाहरूको मात्र स्वाब संकलन गरिएकाले परीक्षण दर निकै घटेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मी बताउँछन् । जनशक्तिको कमी र सिमित किट भएकाले पनि आवश्यकताकोे आधारमा मात्रै परीक्षण गर्ने गरिएको उनले बताए  ।

‘परीक्षण निःशुल्क नै छ । तर, लक्षण देखिएका र आवश्यकताको आधारमा मात्र परीक्षण हुन्छ,’ फोकल पर्सन रेग्मीले भने । स्थानीय तहहरूमा कन्ट्याक्ट ट्रेसिङ नहुँदा पनि परीक्षणमा कमी आएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । उनीहरूका अनुसार पहिले कन्ट्याक्ट टे«सिङमा आउनेको संख्या धेरै हुन्थ्यो । स्थानीय तहले कन्ट्याक्ट टे«सिङमा बेवास्ता गर्न थालेपछि अहिले यो काम सेलाएको छ ।

राष्ट्रिय गाइडलाइन अनुसार लक्षण देखिएकाको मात्र परीक्षण गरिँदा परीक्षण दरमा कमी आएको जन स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुुख चेतननिधि वाग्लेले बताए । उनले लक्षण देखिएका र क्लोज कन्ट्याक्टमा रहेकाहरूको मात्र परीक्षण हुने गरेको जनाए । हाल एक जनामा कोरोना पोजेटिभ देखिए क्लोज कन्ट्याक्टको आधारमा तीन÷चार जनासम्म परीक्षणका लागि आउने गरेका छन् ।

पछिल्लो तथ्याङ्क अनुसार प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार नौ सय १६ पुगेको छ । त्यसमध्ये ६ हजार तीन सय सात जना निको भएका छन् । संक्रमणमुक्त हुनेको संख्या ठूलो भएपनि कोरोनाका कारण १९ जनाको ज्यान गएको छ । मंगलवारसम्म सक्रिय संक्रमितको संख्या ६ सय नौ रहेको छ ।

प्रकाशित मितिः   १७ मंसिर २०७७, बुधबार ११:४५