हिंसापीडितलाई सहयोग
घरेलु हिंसाबाट पीडित महिलालाई अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सहयोग गरेको छ । इन्सेकद्वारा सञ्चालित मानवअधिकार सुदृढीकरण कार्यक्रम अन्तर्गत घरेलु हिंसापीडित वीरेन्द्रनगर–५ निवासी कृष्णा सुनारलाई बुधवार आर्थिक सहयोग प्रदान गरिएको हो ।
४० वर्षीया सुनारलाई न्यायका लागि कानुनी प्रक्रियामा जाँदा लाग्ने यात्रा, खाना तथा अन्य खर्चका लागि इन्सेकले १५ हजार नगद सहयोग प्रदान गरेको हो । इन्सेकद्वारा गठित हिंसा निगरानी समूहमा पीडित सुनारले दिएको निवेदन तथा हिंसा निगरानी समूह र इन्सेकले गरेको संयुक्त अनुगमनपछि गरिएको सिफारिसको आधारमा उनलाई सो सहयोग प्रदान गरिएको इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले जानकारी दिए ।
हिंसापीडितलाई नगद रकम हस्तान्तरण गर्दै हिंसा निगरानी समूहका अध्यक्ष एवम् अधिवक्ता गीता कोइरालाले घरेलु हिंसाका पीडितहरूलाई कानुनी प्रक्रियामा जानका लागि आवश्यक पर्ने खर्च सहयोग गरिएको उल्लेख गरिन् ।
प्रकाशित मितिः ११ मंसिर २०७७, बिहीबार ०६:०२
साझा बिसौनी ।