जुवाखालबाट सात जना पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले जुवा खेल्ने खेलाउने सात जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर-७ इत्राममा बुधवार जुवाखालबाट ती व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा खटिएको टोलीले जुवा खेलाउने एक महिलालाई समेत पक्राउ गरेको हो ।

प्रहरीका अनुसार ती महिलाले आफ्नो घरमा अरु ६ जनालाई राखेर जुवा खेलाइरहेकी थिइन् । उक्त जुवाखालबाट ५६ हजार ६ सय दश रूपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ । चाडपर्वको समयमा जुवातास जस्ता अवैध गतिविधि बढी हुने भन्दै रोकथाम र नियन्त्रणका लागि सक्रियता बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः   २० कार्तिक २०७७, बिहीबार ०६:००