दसैँ खर्च सहयोग

एकल महिला समूहले एकल महिला, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई दसैँ खर्च सहयोग गरेको छ । समूहले नागरिक आवाजसँगको सहकार्यमा १६ जनालाई खाद्यान्न र आर्थिक सहयोग गरेको हो ।

एकल महिला, ज्येष्ठ नागरिक, द्वन्द्वपीडित, अपाङ्गता भएका व्यक्ति र जेष्ठ नागरिकलाई खाद्यान्न तथा यातायात खर्च वितरण गरिएको छ । द्वन्द्वपीडित साझा चौतारी प्रदेशका संयोजक शितलसिंह राठोरले प्रतिव्यक्ति एक÷एक प्याक चामल, दुई÷दुई पोका तेल, एक÷एक पोका नुुन र यातायात खर्च सहयोग गरिएको जानकारी दिइन् । एक महिला समूह सुर्खेतका अध्यक्ष ममता नगालले दसैँ खर्च भनेर संस्थाबाट सानो सहयोग गरिएको बताइन् ।

प्रकाशित मितिः   ६ कार्तिक २०७७, बिहीबार ०६:०३