चुनावअघि, चुनावपछी–तीन

दुल्लू नगरपालिका: घोषणा-पत्रदेखि नीति तथा कार्यक्रमसम्म

वि.सं. २०७४ साल वैशाख ३१ गते भएको निर्वाचनबाट कर्णाली प्रदेशका १० वटै जिल्लाका ७९ वटै स्थानीय तहमा जनप्रतिनिधिहरू निर्वाचित भए । निर्वाचन सम्पन्न भएको तीन वर्ष वित्यो । यसबीचमा निर्वाचित जनप्रतिनिधिले आफ्नो घोषणा–पत्र अनुसार कति काम पूरा गरे, कति पूरा गरेनन् र किन हुन सकेनन् भन्ने विषयमा हामीले खोजिनीति गरेका छौं । यस स्तम्भको तेस्रो श्रृङ्खलामा हामीले दैलेखको दुल्लू नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले चुनावभन्दा अगाडि गरेका प्रतिवद्धता र त्यसको कार्यान्वयनको अवस्थालाई समेटेका छौं ।

घोषणापत्रका प्रमुख प्रतिवद्धताहरू:

१. पर्यटन प्रवद्र्धन तथा विकास समितिको गठन गरिनेछ ।

२. दुल्लू सांकृतिक तथा धार्मिक नगरपालिका घोषणा गरिनेछ ।

३. दुल्लू क्षेत्रको पर्यटकीय विकासका लागि वृहत् पञ्चकोशी विकास योजना तयार गर्ने ।

४. वडा नं. ५ र १३ लेखाआवतमा पर्यटन पूर्वाधारका लागि हवाई मैदान निर्माण गर्न पूर्वाधार अध्ययन गरी निर्माण कार्य अघि बढाउने ।

५. दुल्लू अस्पताललाई जनघनत्व र चापका आधारमा ५५ शैड्ढयाको बनाइनेछ ।

६. औद्योगिक क्षेत्र स्थापनाका लागि औद्योगिक क्षेत्र प्रवद्र्धन बोर्डको स्थापना गरिनेछ ।

७. द्रोणाचल क्याम्पस दुल्लूलाई मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा आंगिक क्याम्पसका रूपमा समायोजन गर्न पहल गर्ने साथै स्नातकोत्तर तह सञ्चालन गरिनेछ ।

८. वडा नं. ८ वा ९ मा राजमार्ग सामुदायिक अस्पताल सञ्चालन गरिनेछ ।

९. वडा नं. ११, १२ र १३ का नागरिकहरूको आधारभूत स्वास्थ्य सेवाका लागि विनायकमा मालिका सामुदायिक अस्पतालको सञ्चालन गरिनेछ ।

१०. वडा नं. ६ छिउडीमा सुन्तलाबाली अनुसन्धान केन्द्रको स्थापना गरिनेछ ।

११. तल्लो डुङ्गेश्वर–दुल्लू–कुसापानी सडकलाई स्तरोन्नति गरी कालोपत्रे गरिनेछ ।

१२. वडा नं. १३ को विनायकमा प्रादेशिक रंगशालाको निर्माण गरिनेछ ।

१३. नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण वडामा बालबालिकाहरूको सर्वागीण विकासको लागि बाल उद्यानको निर्माण गरिनेछ ।

१४. नगर क्षेत्रभित्र रहेका पानीका स्रोतका संरक्षणका लागि एकीकृत खानेपानी तथा सरसफाइ गुरुयोजना निर्माण गरी कार्यान्वयन गरिनेछ ।

१५. प्रत्येक वडाहरूमा वडा प्रहरी कार्यालयको स्थापना गरी शान्ति सुरक्षा बहाल गरिनेछ ।

१६. नगरपालिका क्षेत्रभित्रका १५०० युवाहरू रोजगारीको सिर्जना गर्न युवा कृषि तथा पशुपालन सहकारीको विकास गर्दै स्वरोजगारीको अवसर सिर्जना गरिनेछ ।

१७. जेहेन्दार तथा दलित विद्यार्थीहरूका लागि रू. एक करोडको नारायण प्रसाद शर्मा स्मृति अक्षयकोष कोस्थापना गरी हरेक वर्ष पाँच जना छात्र तथा पाँच जना छात्राहरूलाई प्राविधिक शिक्षा प्रदान गरिनेछ ।

१८. शहिद पूर्ण भण्डारी कृषि कोषको स्थापना गरी प्रत्येक वडाका ५ जना कृषकलाई व्यावसायिक कृषिको अवधारणाको विकासका लागि आवश्यक आधुनिक कृषि औजार, प्रविधि तथा उन्नत जातको बीउबिजन वितरण तथा तालिम प्रदान गरिनेछ ।

१९. उज्यालो दुल्लू कार्यक्रम सञ्चालन गरी सम्पूर्ण वडाहरूमा विद्युतीकरण गरिनेछ ।

२०. दुल्लू नगरपालिकाको उपयुक्त स्थानको छनौट गरी चिडियाखानाको निर्माण गरिनेछ ।

२१. डुङ्गेश्वर खोला, बैक मालीकाडाँडा लिफ्टिङ्ग खानेपानी योजना सञ्चालन गरी दुल्लू नगरपालिकाको वडा नं. ५, ६, ७, ८, १०, ११, १२ र १३ को खानेपानी योजना समस्या समाधान गरिनेछ ।

२२. दुल्लू नगरपालिकाका सबै वडाहरू वा नगरपालिकाको केन्द्रसम्म आउन–जान सहजताका लागि नगर बस सञ्चालन गरिनेछ ।

नीति–कार्यक्रम र बजेटमा कति समेटिए ?

दुल्लू नगरपालिकालाई धार्मिक तथा सांस्कृतिक नगरको रूपमा घोषणा गर्ने चुनावी प्रतिवद्धतालाई आथिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा सांस्कृतिक सम्पदाको प्रचूरताका दृष्टिकोणले ज्वाला सभ्यता, कर्णाली सभ्यता र मूर्त÷अमूर्त सम्पदाहरू रहेको दुल्लू नगरपालिकालाई सांस्कृतिक नगर घोषणा गराउन आवश्यक पहल गर्ने भनी राखिएको छ । घोषणापत्रमा राखिएका अधिकांश कुरालाई नीति तथा कार्यक्रममा समेट्न कोसिस गरिएको छ र ती कार्यान्वयन भने भएका छैनन् । घोषणापत्रमा प्राथमिकतामा राखिएको खानेपानी समस्या समाधानलाई नीति तथा कार्यक्रम र बजेटमा पनि प्राथमिकताको साथ राखिएको छ । नगर यातायातको विषयलाई प्राथमिकतामा राखिएको छ तर यसलाई सडक सञ्जालको विस्तारसँग जोडिएको छ । नगरपालिकामा विद्युतीकरणको विषयलाई नीति तथा कार्यक्रममा एकदमै प्राथमिकताको साथ राखिएको छ ।

नगर प्रमुख घनश्याम भण्डारीको घोषणापत्रमा पर्यटन क्षेत्रलाई अत्यन्त प्राथमिकताका साथ राखिएको छ । स्थानीय तहको चुनाव भइसकेपछि हालसम्मका नगरपालिकाका नीति तथा कार्यक्रम र बजेटमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको छ तर घोषणापत्रमा उल्लेख गरिएको पर्यटन प्रवद्र्धन तथा विकास समितिको गठनको विषय कहिँकतै उल्लेख गरिएको छैन ।

प्रत्येक वडामा वडा प्रहरी कार्यालय राख्ने विषय चार वटा नीति तथा कार्यक्रममा कहिँ पनि प्राथमिकता पाएको छैन । त्यस्तै प्रादेशिक रङ्गशालाको विषयलाई पनि प्राथमिकता दिइएको छैन । नगर बस सञ्चालनको विषय नीति तथा कार्यक्रममा समेटिएको छैन ।


‘घोषणापत्र अनुसार नै काम गरेका छौं’

घनश्याम भण्डारी (नगर प्रमुख, दुल्लू नगरपालिका, दैलेख)
  1. पर्यटन प्रवद्र्धन समिति गठन गर्न अहिले संघीय सरकारले रोकेको रहेछ । त्यसकारण हामीले पर्यटन सूचना केन्द्र र सांस्कृतिक सङ्ग्रहालय सञ्चालन गर्नेगरी दुल्लू सांस्कृतिक सङ्ग्रहालय सञ्चालन ऐन ल्याएर त्यसमा नै एउटा समिति गठन गरेर सोही समितिद्वारा पर्यटन सम्बन्धी काम तथा व्यवस्थापन भइरहेको छ ।
  2. धार्मिक तथा सांस्कृतिक नगरपालिका घोषणा गर्ने हामीलेभन्दा पनि संघीय सरकारले हो । घोषणा गर्न नसके पनि हामीले धार्मिक तथा सांस्कृतिक गतिविधि अगाडि बढाइरहेका छौं । पञ्चकोशी क्षेत्रको पूर्वाधार विकासको काम अगाडि बढेको छ ।
  3. पञ्चकोशी क्षेत्रको गुरुयोजनाहरू तयार भएर परियोजनाहरू संघ तथा प्रदेश तहमा पठाएका छौं । साथै गत आर्थिक वर्षमा राष्ट्रिय योजना आयोगले हामीलाई एक करोड रकम दिएर कार्य प्रारम्भ भएको छ ।
  4. हवाइ मैदानको लागि प्रारम्भिक अध्ययन नगरपालिकाको तर्फबाट त ग¥र्याैं तर संघीय सरकारलाई धेरै पटक पत्र लेखेर पठाएका हौं । पर्यटन मन्त्रालयको स्मार्ट सिटी अन्तर्गतको एउटा परियोजनामा उल्लेख भएको छ तर कार्य अगाडि बढ्न सकिरहेको छैन ।
  5. दुल्लू अस्पताललाई नगरपालिकाले व्यवस्थित गर्ने भन्ने कुरा हो तर व्यवस्थित गर्न अलि सकिरहेको स्थिति छैन । मूलतः नगरपालिकाले बजेट पु¥याउन सकिरहेको छैन । अहिले हामीले प्रदेशसभा सदस्य सुशील थापाको समन्वयमा ५० बेडको आइसोलेसन भवन निर्माण अन्तिम चरणमा पु¥याएका छौं । यसलाई सञ्चालनका लागि संघीय सरकार मातहत गर्न सरकारलाई बारम्बार घचघच्याइरहेका छौं । संघीय सरकार मातहत भयो भने यो अस्पताल सञ्चालन गर्न सहज हुने अपेक्षा छ ।
  6. औद्योगिक क्षेत्र स्थापनाका लागि हामीले सम्भाव्यता अध्ययन गरेर पठाएका छौं । संघीय सरकार मातहतको औद्योगिक विकास निगममा प्रस्ताव पनि गरेका छौं । साना तथा मझौला उद्योगहरूलाई स्तरोन्नति गर्नुपर्छ भन्ने हिसाबले काम अगाडि बढेको छ । हामीले हरेक वर्ष ५० देखि १०० जनासम्म उद्यमी पनि उत्पादन गर्ने काम पनि गरिरहेका छौं ।
  7. द्रोणाचल क्याम्पसमा स्नातकोत्तर तह सञ्चालन भएको २ वर्ष पुग्न थालिसक्यो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको सिनेटले यो वर्ष आंगिक क्याम्पसको रूपमा लिने भन्ने निर्णयसम्म भएको छ तर कोभिडको कारण सवै कुरा अस्तव्यस्त हुँदा यो काम त्यहाँभन्दा अगाडि बढ्न सकेको छैन ।
  8. राजमार्ग सामुदायिक अस्पतालको लागि सहिद पूर्ण स्मृति सामुदायिक अस्पताल भनेर कम्पनी दर्ता भएर ४० रोपनी जग्गा लिने काम भइसकेको छ । बजेट अभावको कारण भवन निर्माण र सञ्चालनको स्थितिमा आइसकेको अवस्था छैन ।
  9. विनायकमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरेका छौं । त्यसलाई मानसिक रोगको औषधी वितरणको केन्द्रको रूपमा पनि विकास गरिएको छ । थप काम आगामी वर्षमा अगाडि बढ्नेछ ।
  10. सुन्तलावाली अनुसन्धान केन्द्र स्थापनाका लागि हामीले निर्णय त ग¥र्याैं तर हामी आफैंले निर्णय गर्न मिलेन । तसर्थ सुन्तला जोनको रूपमा दुल्लू नगरपालिका र भैरवी गाउँपालिकाको केही क्षेत्र समेटेर विकास गरिरहेका छौँ जुन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रहेको छ ।
  11. अगाडिबाट नै हामीले तल्लो डुङ्गेश्वर–दुल्लू–डाँडीमाडी सडकको कालोपत्रे गर्ने प्रयास गरेका थियौं । यस वर्ष आठ किलोमिटर कालोपत्रे हुँदैछ । बाँकी स्तरोन्नतिको काम भइरहेको छ ।
  12. विनायकमा प्रादेशिक रङ्गशाला निर्माणको लागि डीपीआर तयार भयो तर काम अगाडि बढाउन सकिएको छैन । प्रादेशिक रङ्गशाला निर्माणको निकै धेरै नै बजेट आवश्यक पर्दछ जुन हामीसँग उपलब्ध भएन ।
  13. हामीले चुनावभन्दा अगाडि नगरपालिकाका सबै वडाहरूमा बालउद्यान निर्माण गर्ने संकल्प गरेका थियौं तर सबै स्थानमा यो काम गर्न सकेका छैनौं । हालसम्म ४ स्थानमा स्थापना गरेका छौं ।
  14. दुल्लू नगरपालिकाले जलस्रोत गुरुयोजना निर्माण गरिसकेको छ । जसको कार्यान्वयनअन्तर्गत गएको दुई वर्षमा ९४० धारा वितरण भएको छ । यसवर्ष पनि ५०० धारा दिने तयारीमा छौं । गएको वर्ष हामीले पानीका मुहानहरू सुधारको काम सम्पन्न गरेका छौं । अबको दुई वर्षभित्र हामीले सबै घरधुरीलाई खानेपानी दिने गरी काम अगाडि बढिरहेको छ ।
  15. प्रत्येक वडामा वडा प्रहरी कार्यालय स्थापना त अलि सम्भावना थिएन । इलाका प्रहरी कार्यालय दुल्लूसँगै विनायकमा अस्थायी प्रहरी चौकी छ । शान्तिबजार, ठोरी र जगत्रामा प्रहरी पोष्ट स्थापना गरेका छौं । शान्तिसुरक्षाको प्रत्याभूति गर्न हाम्रो अधिकतम पहल छ ।
  16. अहिले पनि विदेशबाट आउनुभएका र यहीँ रहेका युवाहरूको लागि दुल्लू नगरपालिकाको हरेक क्षेत्रमा कृषि तथा पशुपालन सहकारीमार्फत् काम गरिरहनुभएको छ । हामीले उत्पादनमा जोड दिनुपर्छ भन्दै लघुउद्यममार्फत युवाहरूलाई रोजगारी र उनीहरूलाई विभिन्न बैंक र वित्तीय संस्थामार्फत् सहुलियत दरमा ऋणसमेत उपलब्ध गराएका छौं ।
  17. हामीले नारायणप्रसाद स्मृति छात्रवृत्ति भनेर कोष स्थापना गरिसकेका छैनौं तर पञ्चकोशी बहुप्राविधिक शिक्षालय र विजया माविको प्राविधिक धारको कार्यक्रममार्फत् विजया माविमा हरेक वर्ष ४८ जना विद्यार्थीलाई र पञ्चकोशी बहुप्राविधिक शिक्षालयमा ५ जना विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरिएको छ ।
  18. कृषिकै लागि भनेर प्राकृतिक स्रोत व्यवस्थापन कलेजमार्फत् यसै वर्षदेखि बीएस्सी एजीको कार्यक्रम प्रारम्भ गर्ने भनेका छौं । हामीले सहिद पूर्ण भण्डारी कृषि स्मृति कोष स्थापना गर्न नसके पनि कृषि तथा पशु कार्यालयमार्फत् तालिम भएको छ । विभिन्न साझेदारहरूसँगको सहकार्यमा बीउबिजनको वितरण भएको छ । कोष नै भने स्थापना गर्न सकिएको छैन ।
  19. उज्यालो दुल्लू कार्यक्रमअन्तर्गत करिब करिब माध्यमिक विद्यालयहरूमा विद्युतीकरण गरिसकिएको छ । पञ्चकोशी उज्यालो कार्यक्रम अन्तर्गत हामीले गत वर्ष पञ्चकोशी क्षेत्रका धार्मिक स्थलहरूमा विद्युतीकरण गरेका छौं । यहाँका करिब ६० प्रतिशत नागरिकको घरमा विद्युत पुगेको छ । १३ वटै वडाका केन्द्र र सबै सरकारी कार्यालयहरूमा विद्युत पुगेको छ । चुवानभन्दा अगाडि नगरपालिकामा ११ प्रतिशत विद्युतीकरण भएको थियो भने अहिले ६५ प्रतिशत विद्युतीकरण भएको छ ।
  20. दुल्लू नगरपालिकामा चिडियाखानाको गुरुयोजना निर्माणको काम सम्पन्न भइसकेको छ । जसको बजेटका लागि हामीले प्रदेश र संघ सरकारसँग बजेट माग गर्ने गरेका छौं । २५ लाख कमाउने नगरपालिकाले चिडियाखानाको डीपीआरबाहेक केही काम गर्नसक्ने अवस्था छैन ।
  21. गत साल पनि संघीय सरकार अन्तर्गतको ७ करोड रकम फ्रिज भएको थियो । यो वर्ष पनि ३ करोड रूपैयाँ उक्त लिफ्ट खानेपानीको लागि छ । डीपीआर सकिएपछि काम अगाडि बढ्नुपर्ने हो । यो वर्ष माघमा टेण्डर हुन्छ होला ।
  22. नगर बस सञ्चालन गर्न सकेको अवस्था छैन । एक टोल एक अटोरिक्सा भनेजस्तै अहिले हामीसँग ९८ वटा सानो सवारी साधन भइरहेको हुनाले नगरबसको काम तिनै अटोरिक्साले गरिरहेका छन् । बरु तिनैलाई कसरी व्यवस्थित गर्ने भन्ने उद्देश्यले अटोरिक्सा व्यवस्थापनसम्बन्धी कार्यविधि निर्माण गरेका छौं ।

दुल्लू नगरपालिकामामा सस्तो शुल्कमा प्राविधिक शिक्षा अध्यापन भइरहेको छ । सबै वडा कार्यालयमा इन्टरनेट सेवा उपलब्ध गराएका छौं । नगरपालिकाको प्रशासनिक भवनको काम र १३ मध्ये १२ वटा वडाका भवन निर्माण गरिसकेका छौं । हामीकहाँ ८० प्रतिशत जग्गा गुठीको हुँदा मालपोत रावस्व कम उठ्छ । हामीले चुनावअगाडि वाचा गरेका कुराहरू पूरा गरेका छौं । नागरिकहरूले चुनावअगाडिका प्रतिवद्धताहरूमा प्रश्न गर्नुपर्ने ठाउँ राखेका छैनौं ।

प्रकाशित मितिः   २८ आश्विन २०७७, बुधबार १२:२७