६२ संक्रमित थपिए

कर्णाली प्रदेशमा शुक्रवार थप ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतमा २८, सल्यान र जुम्लामा सात÷सात, दैलेखमा र रुकुुम–पश्चिममा ६/६, कालीकोटमा पाँच तथा अन्य प्रदेशमा स्थायी ठेगाना भएका तीन जना संक्रमित थपिएका हुन् । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार एक सय ६६ पुगेको छ ।

यस्तै शुक्रवार २३ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । योसहित प्रदेशमा कोरोना संक्रमणमुुक्त हुुनेको संख्या तीन हजार तीन सय तीन पुगेको छ । प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या आठ सय ६३ छ । हालसम्म कोरोना संक्रमण भएका दश जनाको मृत्यु भएको छ । सुर्खेत र दैलेखका चार/चार, डोल्पा एक र अन्य प्रदेशका एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

त्यस्तै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । शुक्रवार देशभर दुुई हजार ५९ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या एक लाख नाघेको हो ।

प्रकाशित मितिः   २४ आश्विन २०७७, शनिबार ०८:३५