नयाँ पुस्तामा लागूऔषधको लत

कर्णालीमा लागूऔषध प्रयोग र कारोबार बढ्दै गएको छ । प्रदेशमा लागूऔषध प्रयोगकर्ता र कारोबारको सञ्जाल बढ्दै गएको पाइएको हो । सरकारी तथा विभिन्न गैरसरकारी सघं–संस्थाले लागूऔषध नियन्त्रणबारे विभिन्न कार्यक्रम गर्दै आएका भए पनि यसको प्रयोग र कारोबारमा कमी आउन सकेको छैन । विशेषगरी नयाँ पुस्ता लागूऔषध प्रयोग तथा ओसार–पसारमा संलग्न हुने गरेका हुन् । परिवार तथा अभिभावकको हेलचक्य्राइँ र निगरानी अभावमा किशोरावस्थाको पुस्ता लागूऔषधको लतमा फस्दै जान थालेको हो ।

गत भदौ २० गते कर्णाली प्रदेश प्रहरी, लागूऔषध ब्यूरो सुर्खेत र इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट खटिएको संयुक्त प्रहरी टोलीले नलगाड नगरपालिका–२ जाजरकोट छेप्काबाट दश केजी अफिमसहित दुई जनालाई पक्राउ ग¥यो । नलगाड नगरपालिका–३ चावलेचौरका ४२ वर्षीय मनबहादुर विष्ट र जुम्ला तातोपानी गाउँपालिकाका–५ का ५५ वर्षीय हरिचन्द्र डाँगी अफिमसहित पक्राउ परे । सोही दिन रुकुम–पश्चिम आठबीसकोट नगरपालिका–५ जलीगाडमा नलगाड नगरपालिका–९ का प्रेमबहादुर सिंह, मानबहादुर सिंह र तप्तबहादुर सिंहबाट १६ केजी अफिम प्रहरी टोलीले बरामद गरेको थियो ।

गत असोज १३ गतेसमेत ६ ग्राम चार मिलिग्राम ब्राउनसुगरसहित सुर्खेत प्रहरीले चार जनालाई पक्राउ ग¥यो । वीरेन्द्रनगर नगरपालिकाको सुब्बाकुनाबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले प्रक्राउ गरेका ती व्यक्तिहरू सबै किशोर अवस्थाका हुन् । बरामद हुने लागूऔषधको परिमाणले पनि कर्णालीमा यसको कारोबार बढ्दै गएको देखाउँछ । बबई नाका तथा कर्णाली प्रवेश अन्य नाकाहरूबाट लागूऔषध भित्रिने गरेको छ । प्रहरीको निगरानी बढेसँगै प्रयोगकर्ता पक्राउ पर्ने र मुद्दासमेत बढ्ने गरेका छन् ।

बितेका पाँच वर्षमा कर्णाली प्रदेशमा दुई सय ६९ लागूऔषधका मुद्दा दर्ता भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सबैभन्दा बढी सुर्खेतमा लागूऔषधका मुद्दा दर्ता भएका हुन् । आर्थिक वर्ष २०७३÷०७४ मा सुर्खेतमा २०, जाजरकोटमा ६, रुकुम–पश्चिममा सात, सल्यानमा एक, जुम्लामा दुई र डोल्पामा एक गरी जम्मा ३७ वटा मुद्दा दर्ता भएका थिए ।

त्यस्तै आर्थिक वर्ष २०७४/०७५ सुर्खेतमा ३५, जाजरकोटमा एक, रुकुम–पश्चिममा दुई, जुम्लामा सात, हुम्लामा एक र कालीकोटमा दुई गरी ४८ वटा मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जनाए । उनका अनुसार आगूऔषध प्रयोग तथा ओसार–पसारमा लाग्ने अधिकांश युवा उमेरका छन् । आर्थिक वर्ष २०७५÷०७६ मा समेत प्रदेशका सात जिल्लामा गरी ९३ वटा मुद्दा दर्ता भएका थिए । उक्त वर्षमा सुर्खेतमा ७४, दैलेखमा दुई, रुकुम–पश्चिमा आठ, जुम्लामा पाँच, हुम्लामा एक, मुगुमा एक र कालीकोटमा दुई वटा मुद्दा दर्ता गरिएको हो ।

गएको आर्थिक वर्ष २०७६/०७७ मा प्रदेशभर ८८ वटा लागूऔषध सम्बन्धी मुद्दा प्रहरीले दर्ता गरेको थियो । चालु आर्थिक वर्षको यो अवधिसम्म प्रदेशका तीन जिल्लामा तीन वटा मुद्दा दर्ता भएको प्रहरीको तथ्याङ्क छ । ६ महिनाको अवधिमा सुर्खेतमा एक, जाजरकोटमा एक र रुकुम–पश्चिमा एक वटा मुद्दा दर्ता भएका हुन् ।

लागूऔषधका तस्करले भारतीय बजारबाट खरिद गरी मधेस हुँदै पहाडी जिल्लामा पु¥याउने गरेका छन् । कर्णाली भित्रिने विभिन्न नाकाहरूबाट लागूऔषध कारोबारीहरू प्रवेश गर्ने गरेको प्रहरीले जनाएको छ । प्रवक्ता बास्तोलाले प्रदेशभर सबैभन्दा बढी सुर्खेतमा लागूऔषधको कारोबार हुने गरेको पाइएको बताए । लागूऔषध कारोबारीको सञ्जाल भत्काउन प्रहरी लागि परेको उनी बताउँछन् ।

सीमापारीदेखि पहाडी जिल्लासम्मका युवकको गिरोह नै लागूऔषध कारोबारमा सक्रिय रहेको प्रहरी तथ्याङ्कले नै देखाएको छ । पहाडी जिल्लामा लागूऔषधको बढी रूपैयाँमा खरिद–बिक्री हुने गरेको छ । तस्करले भरियामार्फत यो कारोबारको सञ्जाल प्रदेशका सबै जिल्लामा पु¥याएको पाइन्छ । प्रहरीका अनुसार पछिल्लो समय लागूऔषध कारोबार तथा सेवन गर्नेहरू बढ्दो क्रममा छन् । किशोर तथा युवा पुस्तामा लागूऔषधको लत बढ्दो क्रममा पाइएको हो । उक्त पुस्तालाई लक्षित गरेर कारोबारी पनि बढ्दै गएका छन् ।

भारतसँगको खुला सिमानाका कारण सुर्खेतलगायत कर्णाली प्रदेशका सबै जिल्लामा लागूऔषधको कारोबार बढ्दै गएको छ । दूव्र्यसनीको सञ्जाल युवादेखि स्कुले कलिला बालबालिकासम्म फैलिएको छ । लागूऔषध प्रयोगकर्ताको यकिन संख्या नभए पनि लागूऔषधको मुद्दामा पक्राउ पर्नेको संख्या भने वर्षेनि बढ्दो छ । केही वर्षयता लागूऔषध प्रयोग गर्ने किशोरीहरूको संख्या पनि बढेको प्रहरीले जनाएको छ । साथीभाइको लहलहै, अधिक तनाव, बेरोजगारी समस्या, छिटै मनग्य कमाउने लोभजस्ता कारणले लागूऔषध कारोबार तथा प्रयोगकर्ता बढेका हुन् । समाजमा हुने अधिकांश आपराधिक घटना लागूऔषधको प्रयोगकर्ताका कारण घट्ने गरेको पाइएको छ । समाजमा घट्ने ९७ प्रतिशत अपराधिक घटना लागूऔषधको प्रयोगबाट घट्ने गरेको प्रहरी तथ्याङ्क छ ।

प्रकाशित मितिः   २२ आश्विन २०७७, बिहीबार ०७:१६