गोरु काट्नेलाई २१ महिना कैद

विभत्सरूपमा गोरु काट्ने एक युवकलाई जिल्ला अदालत दैलेखले कैद सजायको फैसला गरेको छ । न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले गोरु काट्ने दैलेखको भैरवी गाउँपालिका–२ का राजेश विष्टलाई १९ महिना कैद र ४० हजार क्षतिपूर्तिको फैसला गरेको हो । श्रेस्तेदार इन्द्रबहादुर कार्कीका अनुसार मुलुकी अपराध संहिताको २८९ को उपदफा १, २ र ३ अनुसार आइतवार अदालतले कैद फैसला गरेको छ ।

विष्टले गत भदौ २६ गते भैरबी गाउँपालिका–२ रावतकोटका सोविन थापाका आँगनमा बाँधेका गोरु काटेका थिए । काटिएकै दिन एउटा गोरुको मृत्यु भएको थियो भने अर्को गोरु घाइते अवस्थामा छ । थापाले अदालतले आफूलाई न्याय दिएको बताएका छन् । ‘खेती लाउने सिजनमा दुवै गोरु काटिएपछि अन्यायमा थिएँ । अदालतले न्याय दिएको छ,’ थापाले भने ।

प्रकाशित मितिः   २० आश्विन २०७७, मंगलवार ०८:०६