शिक्षा पत्रकार समूहले पूर्णता पायो

शिक्षा पत्रकार समूहको कर्णाली प्रदेश समितिलाई पूर्णता दिइएको छ । कलेन्द्र सेजुवालको संयोजकत्वमा शनिवार नौ सदस्यीय कर्णाली प्रदेश समन्वय समिति घोषणा गरिएको हो ।

समितिको सदस्यहरूमा कालीकोटका विष्णु न्यौपाने, सुर्खेतका मुना हमाल, दीपकजंग शाही, करिश्मा चौधरी, जुम्लाका डिबी बुढा, हुम्लाका राजन रावत, दैलेखका विशाल सुनार र रुकुम–पश्चिमका परबिर ददेल रहेका छन् । शनिवार समितिले भर्चूअल माध्यमबाट आयोजना गरेको कार्यक्रममा समूहका केन्द्रीय अध्यक्ष तुला अधिकारीले प्रदेशको कार्यसमिति घोषणा गरेका हुन् । सेजुवाललाई यसअघि नै समूहको कर्णाली प्रदेश संयोजक तोकिएको थियो ।

प्रकाशित मितिः   १८ आश्विन २०७७, आईतवार ०८:१८