बाहिरियो मनसुन
कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै बिहीवारदेखि कर्णालीसहित मुलुकका केही भागबाट मनसुन बाहिरिएको जानकारी दिएको हो ।
त्यस्तै हाल बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र अझै सक्रिय हुने देखिएकाले नेपालका बाँकी भू–भागबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ । सामान्यतया सेप्टेम्बर २३ देखि मनसुन अन्त्य हुने भए पनि यस पटक नेपालमा मनसुन अन्त्य हुन केही समय लाग्ने जल तथा मौसम विज्ञान विभागले बताएको छ । केही वर्षयता नेपालमा मनसुन अवधि पछाडि धकेलिँदै गएको छ ।
गत वर्ष पनि असोज २५ गते मात्र मनसुन बाहिरिएको थियो । त्यसैले असोजमा पनि नेपालमा बाढीपहिरोबाट धनजनको क्षति भएको थियो । यस वर्ष पनि असोजको पहिलो साता नेपालका अधिकांश भू–भागमा भारी वर्षा भएको थियो ।
प्रकाशित मितिः १६ आश्विन २०७७, शुक्रबार १०:०७
साझा बिसौनी ।