अनलाइन यात्राका सय दिन
विषय प्रवेश
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपालमा पनि लकडाउन (बन्दाबन्दी) गरियो । शैक्षिक संस्थाहरू बन्द भए । संक्रमितको संख्या बढ्दै गएपछि विद्यालयहरूलाई नै क्वारेन्टाइन र आइसोलेसन बेडका रूपमा उपयोग गरियो । लगातार अढाइ महिनाको बन्दाबन्दीकाबीच शिक्षामा पनि विकल्प खोज्नुपर्ने भयो । सुर्खेतको शैक्षिक इतिहासमा २०७७ सालको जेठ २५ गते विशेष दिनको रूपमा रहयो । वीरेन्द्रनगर नगरशिक्षा शाखा प्रमुख ललितविक्रम सिंहले अनलाइन कक्षाको प्रारम्भ गराएको दिन । अमरज्योति माध्यमिक विद्यालय र श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालयले सुर्खेतको शैक्षिक इतिहासमा अनलाइन कक्षा आरम्भ गराएको दिन । एक हप्ता नगरपालिकाले परीक्षणको रूपमा लिएको अनलाइन कक्षालाई निरन्तरता प्रदान गर्दै मैले करिब चार महिनामा अनलाइन कक्षा चलाउँदाका अनुभवहरूलाई समेत समावेश गरी यो लेख तयार गरिएको हो ।
अनलाइन कक्षाका सकारात्मक पक्ष लकडाउन भएकोले पनि होला एकातिर इन्टरनेटको पहुँच विस्तार भएको स्थानमा अनलाइन शिक्षाको माग बढेको थियो । महामारी भए पनि अनलाइन कक्षा सञ्चालन भनेपछि विशेष गरी सहरी क्षेत्रका निदाएका अभिभावक र विद्यार्थीलाई पनि ब्युँझायो ।
धेरै शिक्षकहरू स्वतःस्फूर्त रूपमा तयारीमा लागे । इन्टरनेटको पहुँचमा रहेका विद्यार्थीहरू आकर्षित भए । यसको फाइदामा लचिलोपन हो । इन्टरनेटको पहुँच भएको कुनै पनि स्थानबाट कक्षा लिन सकिने रहेछ भन्ने महसुस भयो । यसरी विद्यार्थीहरूले ‘जुम क्लाउड’मा कहिले काठमाडौँ, कहिले विराटनगर, कहिले कास्की गरेर देशका विभिन्न कार्यक्रमहरूमा भर्चूअल टुरको रूपमा पनि भाग लिन पाए । यसले शिक्षक मात्र होइन, विद्यार्थीलाई पनि नयाँ प्रविधिमा दखल हासिल गर्न सघायो ।
जुम एप्स डाउनलोड गर्ने, नयाँ आइडी र पासवर्डको जानकारी लिने, च्याट बक्समा कुराकानी गर्ने, हात उठाउने, टाइप गर्ने, गुगल कक्षाकोठाको प्रयोग गर्ने, जियोजेब्रा जस्तो एप्सको प्रयोग गर्ने, भिडियोको खोजी गर्ने लगायतका प्राविधिक कुराहरूको जानकारी प्राप्त भयो । केही सफल अनलाइन कार्यक्रमहरूले सन्तुष्टि बढाएको छ । तर दुःखको कुरा इन्टरनेटको पहुँचमा नभएका विद्यार्थी बाहिरी संसारको बारेमा अनभिज्ञ भएको देखिन्छ । उनीहरूलाई विद्यालयमा सम्पर्क कक्षामा बोलाएर सोध्दा पनि निराश र हिचकिचावट गरेको देखिन्छ । हुन त अनलाइन कक्षा जसले जे भने पनि एकोहोरो शिक्षण प्रणाली नै हो । दोहोरो अन्तरक्रियाको लागि यो त्यति सफल रहन सकेको छैन । यो बढ्दो खुला शिक्षाको उपयुक्त माध्यम हो जस्तो लाग्छ । यो विद्यालय तहमा भन्दा पनि विश्वविद्यालय तहमा बढी प्रभावकारी रहेको दाबी पनि अनुसन्धानहरूमा छ ।
अनलाइन कक्षाका चुनौतिहरू
हाम्रो पूरानो पाठ्यक्रम भएकोले समूह कार्यमा ब्रेकआउट कोठामा विद्यार्थी लगेर छलफल गराउन प्रयत्न गरेपनि विद्यार्थी सक्रिय गराएर काममा लगाउन धौ–धौ नै प¥यो । लामो कक्षाहरू लिन नसक्नु अर्को चुनौति भयो । शिक्षक र विद्यार्थीको पहिचान र विद्यार्थीको स्तर पत्ता लगाउन अत्यन्तै कठिन भयो । अभिभावक सम्पर्क गर्न नै सकिएन । कहिले बत्ती त कहिले इन्टरनेटको कारण ढीलो कनेक्सन हुनु । धेरै लचिलो हुन पनि चुनौति नै लाग्यो । यसमा कक्षामा जस्तो मनिटरको व्यवस्था गर्न अप्ठ्यारो भयो । विद्यार्थीको प्रतिभा पहिचानको कठिनाइ हुनु अर्को चुनौति भयो । शिक्षक र विद्यार्थीको प्रत्यक्ष सम्पर्कको अभाव हुनु । सहयोगी शिक्षाको अवसरको अभाव हुनु । साथीहरूबाट कक्षा–सहकार्यात्मक सिकाइको अभाव रहनु । विज्ञान र गणित जस्ता विषयमा बढी समस्या हुनु । अनलाइन कक्षाको अभ्यास र विद्यार्थी संख्या शिक्षकले विद्यार्थीको अनुहार पढ्न नपाउनु । इशारा र शरीर भाषाको प्रयोग गर्न नसक्नु । सिकारुले लामो समयसम्म रहँदा पट्यार र बोरको अनुभव गर्नु । विभिन्न तह अनुसार यसलाई म्याच गर्न नसक्नु जस्ता अनेकौँ चुनौतिको सामना गर्नु प¥यो ।
कतिपय अवस्थामा त शिक्षकलाई नै पनि प्राविधिक समस्या भयो । समायोजनको चुनौति पनि रहयो । अनुकुलनको चुनौति रह्यो । सबै विषय भने पढाउन सम्भव भएन । कक्षा नौ र दशमा ऐच्छिक विषयहरूको पठनपाठनमा कठिन भयो । अन्य कक्षामा भने पालो गरेर भए पनि सबै विषय शिक्षण सम्भव भयो । यतिखेरसम्म सुर्खेतका निजी र सामुदायिक विद्यालयका कक्षा ६ देखि दशसम्मका विद्यार्थीहरू सहभागी भएको देखिन्छ । हिसाब गर्ने हो भने जम्मा बीसदेखि तीस प्रतिशत विद्यार्थी अनलाइन कक्षाको पहुँचमा रहेका छन् । यसमा शिक्षकलाई सामग्री निर्माणमा बढी समय लाग्नु । अंग्रेजी र नेपाली माध्यमका विद्यार्थीलाई केही विषयमा समस्या हुनु जस्ता व्यवहारिक कठिनाइ यसमा रहेको मैले महसुस गरेँ ।
सामान्य अवस्थामा कक्षाकोठा, पार्क, खेलमैदान, क्यान्टिन, साथी, साथीहरू र वरपर शिक्षकहरूसँग अन्तरक्रिया, कुराकानी, अनुभव आदानप्रदान हुन्थ्यो । तर अनलाइन कक्षामा त्यसो हुँदैन । जबसम्म विद्यार्थीले शिक्षकबाट प्रतिक्रिया लिन पाउँदैन तबसम्म उसको सिक्ने सम्भावना एकदमै कमभएको महसुृस भयो । शिक्षकलाई पनि न कम्प्युटर शिक्षाको कसैले कहिल्यै तालिम दियो न कुनै कोर्षमा थियो । मैले कक्षा एकदेखि स्नातकोत्तरसम्म अध्ययन गर्दा कहिल्यै कम्प्युटर शिक्षा पढ्ने अवसर जुरेन । तर एक पटक म नायब सुब्बाको लिखित परीक्षा उत्र्तीण गरेपछि प्रयोगात्मक परीक्षाको तयारीको लागिसिकेँ । हुन त म नायब सुब्बामा वैकल्पिक परेँ तर त्यो कम्प्युटर आज निकै काम लागेको छ । समय व्यवस्थापन पनि अनलाइन कक्षाको चुनौति रहेछ । विद्यार्थीका प्रतिभा पहिचानको लागि त यो थुनिएको ढोका नै हो ।
मैले फिनल्याण्डको शिक्षा प्रणालीको बारेमा गरिएका अनुसन्धान पढेँ । त्यहाँ पनि प्रारम्भिक तहमा अनलाइन कक्षा व्यवस्थापन गर्न नसकेको कुरा थिए । अभिभावकसँगै भएर मात्र सिकाएको कुरा । हामीले यो आरम्भ गर्दा नाटक भनियो । अनलाइन कक्षा अनुपयोगी, देखावटी, प्रभावहीन र निरर्थक ठानियो । अनि हामीले अनलाइन पहँुच बाहिरकालाई सम्पर्क कक्षा आरम्भ ग¥यौँ । डेढ महिना चल्यो । एक दिन सुर्खेत जिल्ला प्रशासनले बोलायो । अमरज्योतिबाट प्रधानाध्यापक खगेन्द्र थापा, सहायक प्रधानाध्यापक भुपेन्द्र बिसी र शिक्षक धु्रवकुमार अधिकारीले स्पष्टीकरण दिनु प¥यो । शिक्षकहरूलाई आरोप पनि लागेको छ । फेसबुक चलाउँछन् । यूट्युब चलाउँछन् । इमेल र इन्टरनेट चलाउँछन् । तर शिक्षामा उपयोग गर्न सकेनन् । यी साधन सूचनाको लागि भएन । मनोरञ्जनको लागि मात्र भयो भन्ने आरोप लागेको छ । यो आरोपलाई पछिल्लो पटक शिक्षकले चिरेको पनि देखिन्छ । आफ्नै प्रविधिमैत्री शिक्षक समाज निर्माण गरेर र नयाँ सूचना प्रविधि सिकेर । अनलाइन कक्षा भन्ने कुरा दीर्घकालिन समस्याको समाधान त हुँदै होइन । यसलाई परिपूरकको रूपमा लिन सकिन्छ । शिक्षालाई मौलिक हक मान्ने सरकारले पनि सहयोग गर्नुपर्ने हो ।
अनलाइन कक्षाको प्रभावकारिता
सय दिनको अनुभवबाट के भन्न सकिन्छ भने जुनसुकै प्रकारको अनलाइन प्रस्तुतिकरण भए पनि त्यसमा विविधता हुनुपर्छ । अडियो, भिडियो, इमेज, शिक्षकको स्पस्ट श्वर र प्रस्तुतिकरणको गति महŒवपूर्ण हुन्छ । केही शिक्षकहरूले आँफैले तयार गरेका भिडियोहरू यूट्यूब च्यानलमा राखिदिएर विद्यार्थीहरूलाई अपलोड गर्न लगाएर पनि सिकाइमा सहजता प्रदान गरेको छ । मैले पनि जियोमेटिक्स् अफ इन्जिनियरिङ्ग र कक्षा दशको अंगे्रजी विषयका केही भिडियोहरू बनाएर यूट्यूबमा राखिदिएँ । अंग्रेजी र नेपाली माध्यम दुवैलाई ध्यानमा राखेर भिडियो बनाउनुपर्ने हुन्छ । यसका साथै आचारसंहिता बनाएर सुरुमा अभिमुखीकरण गर्नुपर्ने देखिन्छ । अनि भिडियो अन गरेर बस्दा औपचारिक पोशाकमा नै बस्नुपर्छ । आफूले कुरा गर्ने बेला म्यूट गर्ने बानी राम्रो हो । बेलाबेला विद्यार्थीलाई भर्चूअल टूरमा लिएर कक्षालाई रोचक बनाउन सकिन्छ । यसमा विद्यालयका प्रधानाध्यापक लगायत सम्बन्धितले अनुगमन गरेमा यसको प्रभावकारिता बढ्छ जस्तो लाग्छ । अमरज्योतिको प्रधानाध्यापक खगेन्द्र थापाले र सहायक प्रधानाध्यापक भुपेन्द्र बि.सी. ले भने मेरा धेरै कक्षाहरू अनुगमन गरेर सुझाव दिइएको अनुभव रहेको छ ।
सय दिनको यात्रामा स्थापित संस्थागत सम्बन्धहरू
असोजको ७ गते ओसोधाराका अध्यक्ष आचार्य महेन्द्रप्रसाद भट्टराईले अमरज्योति नमुना माविलगायतका देशभरका करिब चार सय विद्यार्थी, शिक्षक र प्रधानाध्यापक जोडाएर प्रवचनको अवसर प्रदान गराएको थियो । यसमा सहभागीले स्वच्छ परिकल्पना, संकल्प, उत्पादन, योगसाधना जस्ता जीवनोपयोगी कुराबाट लाभ लिएका थिए । अँध्यारो हटाउनको लागि धेरै बत्तीहरू बाल्न नसके पनि अँध्यारोको एउटा बत्ती आफै बनेर बल्नको लागि जीवन बनाउन प्रोत्साहित गरिएको थियो । चिन्ता नगर चिन्तन गर । अरुलाई नसोध आफूलाई सोध । मुस्कानबाट बचन र कर्म शुभारम्भ गर । सकारात्मक परिकल्पना गर । परिकल्पनालाई कार्यमा रूपान्तरण गर भन्ने जस्ता सकारात्मक जीवन र सफलताका सुत्रहरू विभिन्न कार्यक्रमबाट सिकाइएको थियो । यसैगरी राजु घलेको प्रवचनमा पनि जीवन दर्शनको कुरा थियो । रविन्द्र बस्नेतको एउटा कार्यक्रम भएको थियो । जसमा हाम्रो मनलाई नियन्त्रण र शुद्ध राख्नको लागि भनिएको थियो । अमरज्योति मावि सुर्खेतको पोखरिया मावि विराटनगर मोरङसँग पनि सहकार्यात्मक अनलाइन सिकाइको सम्बन्धमा सम्बन्ध स्थापित भयो ।
मूल्याङ्कनमा समस्या
विद्यार्थी मूल्यांकन शिक्षण र सिकाइ प्रक्रियाको एक महŒवपूर्ण पक्ष हो । यसले विद्यार्थीको क्षमता तथा व्यवहार प्रस्तुतिका आधारमा विद्यार्थीको प्रभावकारिता मापन गर्न सरल बनाउँछ । विद्यार्थीका आन्तरिक गतिविधि, बाह्य गतिविधि समेतका आधारमा मूल्याङ्कन गर्ने प्रचलन रहेको ।
मूल्याङ्कनमा प्रश्नपत्रका ढाँचाहरू समेत फेर्न पर्ने भयो । यसमा दैनिक मूल्याङ्कन अत्यन्तै आवश्यक देखिन्छ । अरु सबै प्रकारको परीक्षा र मूल्याङ्कनमा भने अलि गाह्रो हुँदो रहेछ । कलम–कापी मूल्याङ्कन यसमा कम सम्भव देखिन्छ । मैले धेरै पटक वस्तुगत प्रश्न र प्रश्नोत्तर विधि प्रयोग गरेर मूल्याङ्कन गरेँ । भुपेन्द्र बि.सी. सरले गुगल क्लासरुममा गएर गुगल डक्समार्फत प्रश्न दिएर नेपाली विषयको लेख्न लगाएर फोटोमार्फत मूल्याङ्कन गराएको याद छ ।
उपसंहार
अनलाइन कक्षामा घरबाट सिकाउनुपर्ने र घरबाटै सिक्नुपर्ने कक्षाका रूपमा बुझिएको छ । शिक्षकले शिक्षणको तरिका बदल्नु पर्ने पनि भयो । नयाँ शिक्षा चौतारीमा समायोजन हुनुपर्ने भयो । धेरै प्रकारका टुल्सहरूको प्रयोग गर्नुपर्ने देखिन्छ । असाइन्मेन्ट र परियोजनाकार्य प्रदान कसरी प्रभावकारी रूपमा गर्ने र जाँच्ने भन्ने चुनौति रहेको छ । विद्यार्थीमा सञ्चार सीपको विकास हुन नपाउने देखिन्छ । वाहना गर्नेको लागि यो सजिलो बाटो पनि हो । शिक्षक र विद्यार्थी दुवैको लागि । पुस्तक मात्र पढाउने शिक्षकको लागि पाठ्यक्रम पढाउन समस्या । परम्परागत कक्षा कोठाको लागि तयार गरिएको सामग्री अहिले अनलाइनमा जोड्न यसै पनि कठिन भएको छ । हुन त माध्यमिक तहसम्मको जिम्मा सरकारले लिएको छ । निःशुल्क पनि भनेको छ । तर वर्तमान परिवेशमा सबैको पहुँचको विषय बनेन । हाम्रा सबै विद्यार्थीको पहुँचको विषय बनोस अनलाइन कक्षा । सबै विद्यार्थीलाई पढाउन पाइयोस । हाम्रो पिर यहीँनिर हो । अनलाइन कक्षा भन्ने कुरा दीर्घकालीन समस्याको समाधान त हुँदै होइन । यसलाई परिपूरकको रूपमा लिन सकिन्छ । शिक्षालाई मौलिक हक मान्ने सरकारले पनि सहयोग गरोस् । सबैको पहुँचमा पु¥याओस् ।
प्रकाशित मितिः १० आश्विन २०७७, शनिबार ०८:५६
साझा बिसौनी ।